
प्युठान, २६ पुस ।
गुरुकुल एकेडेमी २०७२ सालमा घोराही–१५ रतनपुर दाङमा स्थापना भयो । शुरुको वर्ष ५ कक्षासम्मको पढाई हुने यस एकेडेमीमा यहि शैक्षिक सत्रदेखी कक्षा १० सम्मको कक्षा सञ्चालनमा आएको छ । ५ नं प्रदेशमै फरक शैलीले शिक्षा आर्जन गराउने हिसाबले नीजि लगानीमा एकेडेमी सञ्चालनमा ल्याईएको हो । विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई बाहिर उजागर गर्ने, विश्व बजारमा विक्ने जनशक्ति उत्पादन गर्ने, सम्पूर्ण विद्यार्थीहरुलाई ग्लोबल सिर्जित बनाउने लगाएतका उदेश्यहरु बोकेर उक्त एकेडेमी सञ्चालन गरिएको एकेडेमीका डाईरेक्टर मदन ओलीले जानकारी दिए । दुई विगा क्षेत्रफलमा विद्यालय सञ्चालन गरिएको छ ।
हाँल एकेडेमीमा दाङ जिल्ला संगै रोल्पा, सल्यान, अर्घाखाँची, बाँकेका विद्यार्थीहरु अध्ययन गर्दछन् । चार सय ६ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएको डाईरेक्टर ओलीले बताए । विहान ९ बजेदेखी ५ बजेसम्म विद्यालयमा पढाई हुने गर्दछ । आफ्नै ठाउँमा शिक्षाका क्षेत्रमा केहि गर्नुपर्छ भन्ने उदेश्यले एकेडेमी सञ्चालनमा ल्याईएको हो ।
शनिवार प्युठान र रोल्पामा आफ्नो विद्यालयले दिदै आएको शिक्षाका विषयमा जानकारी गराउन एकेडेमीको समुह आएको छ । बालबालिकालाई पढाईमा कसरी आर्कषित बनाउन सकिन्छ, शिक्षण सिकाई प्रभावकारी कसरी बनाउन अपनाउनुपर्ने विषयका बारेमा जानकारी गराउन जिल्ला जिल्लामा पुगेर छलफल गरेको डाईरेक्टर ओली बताउछन् । अतिरिक्त क्रियाकलाप संगै शिक्षा दिन सक्ने हो भने विद्यार्थीले लक्ष्य निर्धारण गरि सिपमुलक शिक्षा आर्जन गर्ने ओलीले बताए । एकेडेमीले शिक्षण सिकाई प्रभावकारी बनाउनका लागि खेलकुदलाई समेत संगै लगेको छ । समुहमा बस्ने, अगे्रजी भाषाको विकास, गणितीय शिक्षा आर्जन गर्नका लागि खेलले महत्वपूर्ण भूमिका खेल्ने डाईरेक्टर ओलीको भनाई छ । त्यस्तै प्रविधिमैत्रीपनि शिक्षा एकेडेमीले प्रदान गरेको छ । यसले ३० वटा देशसंग समन्वय गरेर शिक्षा प्रदान गर्दै आएको छ ।
जिल्लामा रहेका नीजि विद्यालयका प्रमुख तथा प्रतिनीधि, विद्यार्थी, पत्रकार लगाएतको उपस्थितीमा उक्त कार्यक्रम गरिएको हो । एकेडेमीले आयोजना गरेको कार्यक्रममा कालिका आवासीय बोडिङ स्कुलका प्रिन्सीपल दुर्गाबहादुर गुरुङले गुरुकुलले विद्यार्थीलाई दिने शिक्षा अत्यन्तै सराहनीय भएको बताए । शिक्षामा देखीएका समस्या समाधान गर्नका लागि यस विद्यालयले अपनाउने विधि राम्रो रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस !