शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

सिँचाई र खानेपानीलाई प्राथमिकता दिएका छौँ ः वडाअध्यक्ष रोकामगर


सागर रिजाल
प्युठान,२६ पुस ।
साबिक पकला गाविस १ ,२ र रस्पुरकोट गाविसका १,२,३,४,र ५ वडाहरु मिलेर ऐरावती गाउँपालिका वडा नं ५ बनेको छ । २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या तीन हजार पाँच सय एक रहेको छ । यस वडामा सात सय १० घरधुरी संख्या रहेका छन् । यस वडामा ब्रामण, क्षेत्री, जनजाती, दलितहरु बसोबास गर्दछन् । यस वडाको कार्यालय घुईवाङमा राखिएको छ।
यस वडामा एक माध्यामिक, एक आधारभुत र चार प्राथमिक विद्यालय रहेका छन् । जसमा महेन्द्र माध्यामिक विद्यालय सरङबेसी , जनकल्याण आधारभुत विद्यालय झिबाङ, पाटेश्वरी प्राथमिक विद्यालय पकला, अमरज्योती प्राथमिक विद्यालय ढावाङ, बालसुधार घनमिना प्राथमिक विद्यालय बालीबिसौना र बालसुधार प्राथमिक विद्यालय खबाङ रहेका छन् । स्वास्थ्य क्षेत्र तर्फ हेर्दा रस्पुरकोट स्वास्थ्यचौकी डाडाखर्कमा रहेको छ । तर उक्त स्वास्थ्य चौकी अपायक रहेकाले यसको विकल्पमा अर्को स्वास्थ्य चौकीको प्रक्रिया अगाडी बढाउने सोँचमा रहेको वडाअध्यक्ष चन्द्रबहादुर रोकामगरले जानकारी दिए ।
रोकाले बताए अनुसार चालु आर्थिक वर्षमा वडा कार्यालयबाट काम हुने गरि ६० लाख रुपिँया बजेट विनियोजित भएको छ । सिंचाई, खानेपानी, सड्क, मन्दिर निर्माण, सामुदायिक भवन निर्माणका काममा बजेट विनियोजन गरिएको वडाअध्यक्ष रोकाले जानकारी दिए । सिंचाई तर्फ १८ लाख ५० हजार रुपिँया बजेट विनियोजन गरिएको छ । जसबाट झिवाङ जाडी सिँचाई कुलो निर्माण, घुईवाङ गोठीवाङ फाँट सिँचाई कुलो निर्माण, ढाबाङ लिफ्ट सिँचाई कुलो निर्माण, सिमलपाटा गोठीवाङ सिँचाई कुलो निर्माण, हरियागाउँ बगैचा सिँचाई कुलो निर्माण, गोठीवाङ ठाडोडुवा तल्लाखण्ड लिफ्ट सिँचाई कुलो निर्माण गरिने वडा अध्यक्ष रोकामगरले जानकारी दिए ।


त्यस्तै खानेपानी तर्फ १८ लाख ३० हजार रुपिँया विनियोजन गरिएको छ । जसबाट धारापानी चितिखोला दर्गा खानेपानी टंयाकी निर्माण, ओझेल पानी पलासे खानेपानी निर्माण, पकला टाकुरा साधजचौर खानेपानी टंयाकी निर्माण, सिमलपाटा थापा टोल खानेपानी निर्माण,खवाङ लिफ्ट खानेपानी निर्माण, हरियागाउँ क्रियाखोला खानेपानी ईनार निर्माण गरिने छ । सड्क तर्फ १० लाख ५० हजार रुपियाँ विनियोजन प्यारपाटादेखी दर्गा मोटरबाटो मोड तथा सुधार योजना, त्रिवेणी सिमलपाटा घनमिना डाँडाखर्क मोटरबाटो मर्मत तथा स्तर उन्नती, झिवाङ जाडी मोटरबाटो निर्माण, खबाङ मोटरबाटो झोलुङ्गे पुल निर्माण , पुना चौतारा सिमलपाटा च्युदारा आरनखोला बुढीखोला देखी अमरज्योती प्रावि जोड्ने पुल मोटरबाटो मर्मत गरिने वडा अध्यक्ष रोकामरले जानकारी दिए ।
वडा कार्यालयबाट मन्दिर,सामुदायिक भवन, शिक्षा तर्फ १३ लाख रुपिँया विनियोजन गरेको छ । खड्क देवी मन्दिर निर्माण, महिला भवन निर्माण, बैठकहल, विद्यालयका कक्षाकोठा मर्मत, पर्खाल निर्माण लगाएतका काम गरिने छ । वडाबाट चालु आर्थिक वर्षमा हुने कामको योजनाहरु सम्झौता गर्ने काम सकिएको वडा अध्यक्ष रोकामगरले बताए । उनले केहि समयमा अरु योजनाको काम पनि सुरु हुने बताए । यस वडामा वडा कार्यालय संगै स्थानिय पालिका र प्रदेश सरकारबाट पनि बजेट विनियोजन भई काम हुने प्रक्रियामा रहेको वडाअध्यक्ष रोकामगरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top