शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

विशाल संगठनको रुपमा मुस्लिम संगठन नेपालको एकीकरण सम्पन्न


 

प्यार अलि खाँन

प्युठान,२३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गिय संगठन मुस्लिम संगठन नेपालको एकता प्रकृया सम्पन्न भएको छ । सोमवार राजधानीको बानेश्वर स्थित थापागाँउ पार्टी प्यालेमा नेकपा महासचिव विष्णु पौडेलले संगठनका २ सय ५१ सदस्यीय कमिटिका सदस्यहरुलाई सपथ खुवाएका थिए ।
साविकको एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन र ए–माओवादीको मुस्लिम मुक्ति मोर्चाबिच एकता भएसंगै संगठनको संयोजकमा पुर्व एमालेका सेराज अहमद फारुकी र सह–संयोजकमा पूर्व ए–माओवादीका अत्तहर फारुकीले जिम्मेवारी पाएका छन् । संगठनको ९ सदस्यीय केन्द्रिय कार्यालय सदस्यहरुलाई यस अघि नै नेकपाका प्रस्तावित उपाध्यक्ष एंव संगठन विभाग प्रमुख वामदेव गौतमले सपथ खुवाई सकेका छन् ।
संगठनलाई विचारद्धारा निर्देशित गराउन सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि महासचिव पौडेलले मुस्लिम अगुवाहरुलाई आग्रह गरेका थिए । “समस्त नेपाली मुस्लिम समुदायको आशा र भरोसाको केन्द्रको रुपमा यो संगठन रहनुपर्दछ ।” पौडेलले भने, “समाज सुन्दर फुलवारी हो, हामी पहिला नेपाली हौँ, नेपालको सर्वोपरी हित हाम्रो साझा संकल्प हो ।” लैगिंक विभेदको अन्त्य हुनुपर्ने बताउँदै महासचिव पौडेलले भने, “मुस्लिम समुदायका नागरिकहरुलाई स्वाभिमानी नागरिक बनाउन नेकपा प्रतिबद्ध छ ।”
कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरीले मुस्लिम समुदाय चेतनाका दृष्टिकोणले निकै चनाखो रहेको बताईन । अल्पसंख्यक समुदायको पक्षमा राज्य गम्भिर हुनुपर्ने बताउँदै चौधरीले भनिन्, “लोकतन्त्र त आयो तर जनताको जिवनमा खास के परिर्वतन आयो त? यसबारे गहन विश्लेषण हुनुपर्दछ ।” चाकडीवाद अझैँ पनि पार्टीमा विद्यमान रहेको चौधरीको कथन थियो ।


सपथसंगै संगठनले नयाँ उचाई प्राप्त गरेको संयोजक सेराज अहमद फारुकीले बताए । “अब हामी छिट्टै प्रदेस र जिल्ला कमिटिहरुको एकता प्रकृयालाई सम्पन्न गर्छौ ।” फारुकीले भने, “समस्त नेपाली मुस्लिम समुदायको सर्वाधिक लोकप्रिय संगठन बनाउने गरि कार्ययोजना बनाउँछौँ ।” नेपालभर छरिएर बसेका मुस्लिम समुदायलाई गोेलबन्द गर्ने गरि अघि बढ्ने संयोजक फारुकीेले बताए ।
५७ तथा ४३ प्रतिसतका आधारमा एकता प्रकृया सम्पन्न भएको केन्द्रिय कार्यालय सदस्य एवं नेपाल हज समितिका पूर्व अध्यक्ष ताज मोहम्मद मिँयाले बताए । २ सय ५१ सदस्य रहेको केन्द्रिय कमिटिले ८५ सदस्यीय सचिवालय कमिटि पनि टुङग्याएको मिँयाले जानकारी दिए । समुदायको बृहत्तर हितका लागि संगठनले काम गर्ने मिँयाले विश्वास लिए ।
सपथ ग्रहण कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य एंव केन्द्रिय कमिटि सदस्य नजिर मिँयाले निष्ठा र इमान्दारीका साथ संगठनमा लाग्न अपिल गरे । मुस्लिम समुदायको पक्षमा इतिहास देखि वर्तमान सम्म पैरवी गर्ने काम संगठनले गरेको भन्दै मिँयाले संगठनको साख बचाई राख्न नेतृत्वलाई आग्रह गरेका थिए ।
केन्द्रिय कार्यालय सदस्य हारुन हल्वाईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुस्लिम समुदायका संविधान सभा सदस्य, संघिय सांसद, प्रदेस सांसदहरुले शुभकामना मन्तव्य राखेका थिए । सेराज अहमद फारुकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अत्तहर फारुकीले गरेका थिए । एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रममा देशभरबाट मुस्लिम अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top