शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

दुर्घटना न्युनिकरणका लागि चालकको आँखा चेकजाँच


सागर रिजाल
प्युठान,२१ पुस ।
प्युठानमा सवारी दुर्घटनाका घट्नाहरु बढेपछि यसको न्युनीकरणका लागि चालकहरुको आँखा चेकजाँच गरिएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्युठानको आयोजना तथा आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्युठानको सहकार्यमा नगरपालिका–४ जुम्रीमा सवारी चालकको आँखा परिक्षण गरिएको हो । सवारी साधन चलाउने चालकको आखाँ कमजोर हुँदा दुर्घटना हुने भन्दै न्यूनीकरणका लागि चालकहरुको निशुल्क आँखा परिक्षण गरिएको जनाईएको छ। चालकलाई रिफ्रेस पनि हुने आँखाको अवस्था पनि जानकारी हुने भएकाले चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्युठानका कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक मधु थापाले बताए । सवारी चालकलाई कावार्ही गर्नुभन्दा गल्ति नदोरि¥योस भन्ने अपेक्षा रहेको उनले बताए । यातायात व्यवसायीहरुले पनि आफनो सामाजिक दायित्व, नागरिक दायित्व बुझेर यात्रुमैत्री व्यवहार गर्दै अगाडि बढन् आवश्यक रहेको थापाले बताए ।
चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेपछि ट्राफिक प्रहरीले यो अभियान अगाडी वढाएको उनले बताए । ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण अन्र्तगत जिल्लामा रहेका विद्यालयहरुमा ट्राफिक सचेतनाका कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । चालकहरुलाई सवारी साधन चलाउदा आँखा ठिक नितान्त हुनुपर्छ । उनले भने,–‘यहि अनुसार आँखा जाँच गरिएको हो । ’
सवारीसाधन कार्वाही गरेर राजश्व उठाउनु राम्रो पक्ष होईन्, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले भने,–‘कार्वाही नदोहोरियोस भन्ने हाम्रो चाहना हो । ’समयसमयमा प्युठानमा यस्ता अभियानहरु सञ्चालन हुदैँ आएको उनले बताए । चालकहरुले सवारीसाधनमा यात्रु चढाउने, ओराल्ने कुरामा ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए । सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा अन्य कार्यक्रमहरु पनि सञ्चालन भईरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले आँखाको दृष्टिबाट हुने दुर्घटना न्युनीकरणका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताए । चालकहरुले आफु सक्षम भई सवारी साधन चलाई मानवीय र भौतिक क्षतिलाई रोक्नुपर्नेमा उनले जोड दिए ।
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले पछिल्ला समय जिल्लामा सवारीसाधन दुर्घटनाहरु बढेको बताए । यस्ता घटनाहरु न्युनीकरणका लागि आफु जिल्ला तहमा छलफल चलाएको उनले बताए । सवारीजाम, साघुरो सड्क जस्ता कारणले दुर्घटना बढेकाले यसलाई न्युनीकरणका लागि कार्ययोजना बनाएर अगाडी बढनुपर्ने नगरप्रमुख कक्षपति बताउछन् ।


८३ जनाको आँखा चेकजाच
यस क्रममा ८३ जना चालकको आँखा जाँच गरिएको आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी कार्यालय प्रमुख सुजाता भण्डारीले जानकारी दिईन् । उनका अनुसार चालकहरुलाई एलएडजी, ब्लडप्रेसरका समस्या संगै चस्मा लगाउनुपर्ने समस्या देखिएको छ ।
आँखा परिक्षण गरेर समस्या देखिएका चालकलाई चस्मा लगाउन र औषधी सिफारिस गरेको छ । मोटरसाईकल, बस, जीप, म्याजीक, कार लगाएतका चालकहरुको आँखा परिक्षण गरिएको हो ।
चालु आवको पाँचमा महिनामा ६ जनाको मृत्यु, २१ घाईते
चालु आर्थिक वर्षको पाँच महिनामा सवारी दुर्घटनामा परि प्युठानमा ६ जनाले ज्यान गुमाएका छन् । जसमा पुरुष दुई जना, महिला दुई जना, बालक १ जना र बालिका १ जना गरि ६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख प्रहरी सहायक निरिक्षक थापाले बताए । त्यस्तै पाँच महिनाको अवधीमा सवारी दुर्घटनामा परि २१ जना गम्भीर घाईते भएका छन् । जसमा पुरुष १४ जना, महिला दुई जना, बालक दुई जना र बालिका एक जना रहेको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय प्युठानको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६÷०७७ को पाँच महिनामा तीन हजार ९४ जना सवारी चालक कावार्हिमा परेका छन् ।जसबाट १७ लाख ३१ हजार रुपिँया राजश्व संकलन भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top