शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

अड्डापाटामा स्वास्थ्य केन्द्र भवनको शिलन्यास


सागर रिजाल
प्युठान,२१ पुस ।
प्युठान नगरपालिका–२ अड्डापाटामा आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलन्यास गरिएको छ । विहिवार प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, नगरउपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष मुक्ति पोख्रेल, कार्यपालिका सदस्य भगबता खड्का , पण्डीत गोपाल पौडेल लगाएतको उपस्थितीमा भवनको शिलन्यास गरिएको हो ।
गत असारदेखी प्युठान नगरपालिकाले यसक्षेत्रका जनताहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको थियो । दुई कोठे भवनमा सञ्चालन भएको स्वास्थ्य केन्द्रका लागि भवन अभाव भएपछि भवन निर्माणको कार्य थालनी गरिएको हो । भवन निर्माणका लागि प्युठान नगरपालिकाले ३६ लाख रुपिँया बजेट विनियोजन गरेको थियो । जसमा निर्माण कम्पनीले २८ लाख ३० हजार रुपिँयामा सम्झौता गरि काम शुरु गरेको छ । भवन बनाउने जिम्मा बि.के.जु निर्माण सेवा गौमुखी गाउँपालिका ७ का निर्माण व्यवसायी केशु गिरीले लिएका छन् । उनले आउँदो असारमसान्त भवन निर्माणको कार्य सम्पन्न गर्ने बताए ।
नगरका चार स्वास्थ्य केन्द्रमा नयाँ भवन निर्माण हुँदै
प्युठान नगरपालिका –२ अड्डापाटासंगै प्युठान नगरपालिकाले गत असारमा सञ्चालनमा ल्याएका अन्य तीन आधारभुत स्वास्थ्य केन्द्रका लागि समेत भवन निर्माण हुने प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि वडा नं ४को ढाडमङराहमा ६५ लाख , वडा नं ७ ढाँडचौरमा ३६ लाख, वडा नं १० पातीहाल्नामा ३६ लाख रुपिँया बजेट विनियोजन गरिएको छ । अन्य तीन स्थानमा समेत भवन निर्माण कार्य केहि दिनमा थालनी हुने नगरप्रमुख कक्षपतिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top