शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

आगलागीपीडित खड्काको परिवारलाई राहत प्रदान


प्युठान, २० पुस ।
प्युठान नगरपालिका –५ जुम्रीकाढाँ पुर्णगाउँ कुनापानीका आगलागी पीडित टोपबहादुर खड्काको परिवारलाई राहत प्रदान गरिएको छ । पीडितलाई प्युठान नगरपालिकाबाट नगद रु २५ हजार सहित केहि थान कपडा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानबाट एक सेट त्रिपाल, कम्बल, भाडा, सत्यशाही केन्द्रबाट ३० केजी चालम, उद्योग वाणिज्य संघबाट चालम २५ केजी, नुन,तेल, एक÷एक केजी, मसला बेसारका एक÷एक पोका, कालिका विकास केन्द्रबाट आटा पाँच केजी,नुन तेल एक÷एक केजी र सरोकार समाज प्युठानबाट लगाउने कपडा आगलागी स्थलमै पुगी आईतबार प्रदान गरिएको हो ।


प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, उपप्रमुख शान्ता आचार्य , वडा अध्यक्ष लछुमन भण्डारी, वडा सदस्य , स्थानियबासीको उपस्थितीमा राहत प्रदान गरिएको हो । राहत प्रदान गर्दै प्युठान नगरप्रमुख कक्षपतिले आगालागि पीडित खड्काको दुःखमा साथ दिनका लागि सहयोग रकम सहित अन्य सामाग्री घरदैलोमै लिई आएको बताए । पीडामा परेकालाई स्थानिय सरकारले सहयोग गर्दै आएको छ नगरप्रमुख कक्षपतिले भने,–‘स्थानिय सरकारसंगै स्थानियबासीहरुले पनि यस्तो समयमा सहयोग गर्नपर्छ ।’ नगरपालिकाले दिएको रकमको सहि सदुपयोग गरि घर निर्माणमा खर्च गर्न पीडित परिवारलाई नगरप्रमुख कक्षपतिले आग्रह गरे । घर निर्माण गरेपछि ५ नं प्रदेश सरकारले वडा तथा नगरपालिकाको सिफारिसमा ४० हजारको जस्तापाता समेत सहयोग गर्ने उनले पिडीत परिवारलाई बताए ।
गत पुस ७ गते दिउसोको समयमा केटाकेटी खेल्ने क्रममा खड्काको एक घर एक गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट लत्ता, कपडा, भाडाहरु, अन्नपात जलेका थिए । आगलागीबाट पाँच लाख ७६ हजार बराबरको क्षति भएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए । आगलागिबाट कुनै मानविय क्षति भएको छैन् । आगलागी पिडीत खड्का परिवारका तीन सदस्य अहिले सानो टहरा बनाएर छिमेकीको सहयोगमा बसेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top