
इमान सिंह भारती
अघिल्लो अंकमा प्रतिपक्ष प्युठानबारे केहि प्रकाश पारियो । कसैलाई लागे होला विपक्षिलाइ पो भनेको हो की ? अथवा ३० वर्ष सम्म यो वा त्यो कोणबाट हेर्दा प्युठान राष्टिय जनमोर्चा कै सेरोफेरोमा घुमी रहेकै छ । उसको भुमिका प्युठानमा सत्तापक्ष रह्यो वा प्रतिपक्ष यसबारे सचेत पाठक वर्गलाई जिम्मा दिदै स्थानिय सरकार र प्युठानका अन्य सवालमै चर्चा गर्न गइरहेको छु ।
प्युठान भित्रि मधेश र चारकोशे जगल समेत रहेको जिल्ला हो । पहाडि जिल्ला हुँदा हँदै पनि यो पहाड, भित्रि मधेश, उपत्यका र हिमाल नियाल्न मिल्ने जिल्ला हो । दुइृ ठुला नदि झिम्रुक र माडी कै जलाधार क्षेत्र नै प्युठानको विकासको आधार भुमि हो । यी नदिका उपत्यका र जलश्रोत प्युठानका आम्दानीका श्रोत हुन् ।
मुलुकमा यस वर्ष भ्रमण वर्ष सन् २०२० शुरु भएको छ । यसलाइ प्युठानले पनि अवसरको रुपमा लिन सक्नुपर्छ । विकास र आर्थिक संमृद्धि भन्दा दलहरुले राजनीति गतिविधिलाइ मात्र प्राथमिकता दिने र सबैलाइ झोला नै बोकायर हिडाउने सँस्कृति बाट माथि उठ्न जरुरी छ । दलिय व्यवस्थामा दलको नै भुमिका महत्वपुर्ण हुन्छ । त्यसकारण प्युठान धार्मिक पर्यटनबाट यहाँको पर्यटन यात्रा सुरु गर्नु पर्छ तर यहाँ महत्व पुर्ण भुमिका निर्बाह गर्ने स्थानिय तह नै गन्तव्य मै अलमल परेको पाइन्छ । विकास भनैकै डोजर चलाउने, भिरपाखा रातै बनाउने, भत्काउने, पहिरो हाल्ने र बन खेतबारी मास्ने हो भन्ने मनिस्थितिमा जनप्रतिनिधि रहेको पाइन्छ । सामुहिक निर्णयमा अति कन्जुसीहरुको बोलवाला रहेको छ धेरै स्थानिय तहमा । विकासलाइ जनता र सरकार सँग जोड्नु भन्दा आफ्ना दलसँग जोडिन्छ । स्थानिय सरकार आफु लाइ सरकार नै ठान्दैनन् । कतिपय दलका स्थानिय प्रतिनिधि आफु पार्टीको नेता भएको र जनता भन्दा दलप्रति बफादार रहेको पाइन्छ । आफ्नो कार्यकाल ५० प्रतिशत पुरा भइसक्दा सम्म गन्तव्य कता भन्ने अझै अलमल छन् । त्यसकारण अव पनि गन्तव्यलाइ ख्याल गरिएन भने सरकारले भने जस्तै सुखि नेपाली संमृद्ध नेपाल नारामै सिमित हुन सक्छ । संघ र प्रदेश भन्दा जनताको घरदैलो को सरकार स्थानिय नै हो त्यसकारण पनि स्थानिय सरकार निक्कै महत्वपुर्ण स्थानमा छ ।
अव यसबारे चर्चा गरौ
प्युठानमा २ नगरपालिका र ७ गाउपालिका छन् । कतिपयले नगरपालिका ठुलो र गाउपालिका सानो भन्ने मनिस्थितिमा रहेको पनि पाइन्छ । भुगोलको हिसावले र जनसख्याको हिसावले ठुलो सानो होला तर अधिकारको हिसाबले बरावर नै छन् । स्थानिय तहका २२ अधिकार दुबैले समान प्रयोग गर्ने हुन् त्यसकारण पनि समान होै अधिकारको हिेसाबले भन्ने जनप्रतिनिधिले महशुस गर्नु प¥यो । साथै २२ अधिकार बारे सबै जनप्रतिनिधिले जवाफ दिन सक्ने हुनु प¥यो । यातायातका साधनमा कुद्ने, कार्यकर्ता कता छन् त्यतै ध्यान दिने, जागिरे जीवन जस्तै हाजिर लगाउने होइन गन्तव्यलाइ केन्द्रित गरि कार्ययोजना बनाउने साथै अल्पकालिन र दिर्घकालिलन योजनाहरु सर्वसाधरणले समेत थाहा पाउने गरि बनाउने र आफु पनि ती योजनाबारे जानकार हुनु जरुरी छ ।
प्युठान धार्मीक पर्यटनले चिनाउने जिल्ला हो । पर्यटन बर्ष सुरु भएकाले यसैबाट हाम्रो यात्रा पनि सुरु हुन जरुरी छ । स्वर्गद्धारी नै हिन्दुहरुको एक मात्र सबै विधि विधानबाट पुजाआजा हुने स्थान हो । संसारका हिन्दुहरुलाइ यसबारे जानकारी दिन जरुरी छ । हिन्दुहरुका आरध्य देव पशुपतिनाथ भने पनि सबै किसिमका पुजाआजा त्यहाँ हुदैनन् जुन स्वर्गद्धारीमा हुन्छन् । त्यसकारण हामी स्वर्गद्धारीलाइ केन्द्रमा राखेर नौ वटै स्थानिय तहले आ–आफ्ना योजना निर्माण गर्नु पर्दछ ।
पुर्व पश्चिम राजमार्गको भालुवाबाट ९ किमि उत्तर लाग्दा प्युठान सिमा आइ पुगिन्छ । आउने पहिलो स्थानको खोला जस्को नाम नै गनाहा खोला भन्ने छ यसको नै नाम परिवर्तन स्थानिय सरुमारानी गाउँपालिकाले गर्नु पर्दछ । गनाउने खोलालाई सुगन्ध दिने खोला के बाट सुरु गर्दा राम्रो हुन्छ होला । सन् २०११ को गन्तव्य नेपालको समयमा त्यहाँ निर्माण गरिएको प्युठान प्रवेश गर्ने स्वर्गद्धारी प्रवेशद्धार नै कुरुप छ । रंगरोगन समेत छैन तर ठुलाठला विकासका कुरा र दर्शनका कुरा गर्न हामी पछि छैनौ । त्यसकारण नै हामी गन्तव्य मै अलमल छौ । सडकका छेउका वनजंगलमा फोहोर फाल्ने र प्लाष्टिकले भरिएको बनाउदै छौँ तर कतै यसबारे चर्चा छ ? यात्रुहरुको आवत जावत लाइ ख्याल गरेर सार्वजनिक शौचालय बारे ध्यान दिएका छौ ? बांगेशाल जहाँ औधोगिक क्षेत्रको प्रचुर संभावना छ त्यस क्षेत्रबारे नौ वटै स्थानिय तहले कहिलै आफ्नो बोर्ड बैठकमा छलफल गरेका छौ ? प्यूठान मात्र होइन पश्चिम नेपाललाई पुग्ने गरी उत्पादन हुने बिद्युत बहुउदेश्यिय नौमुरे जलबिद्युत आयोजना बारे कहिल्यै हामी छलफल चलायौ ? पञ्चायती व्यवस्था हुदा रोल्पाको बडााचौरमा बिमानस्थल थियो । चाल्नेटारमा निर्माणको तयारीमा रहेको स्वर्गद्धारी बिमानस्थल हाम्रो प्रमुख प्राथमिकतामा रह्यो कि रहेन ? बिश्वको हिन्दुहरुको स्थर्गद्धारीमा निर्माणको लागी प्रस्ताव आह्वान भएको ७ बर्ष पुरानो केवलकार बारे हामी कतै ध्यान दिन सक्यौ ? सदरमुकाम नजिक रहेको मल्लरानी जो आफैमा भ्यूटावर छ त्यसलाई के बनाऔँ छलफल ग¥यौ ? सहिद पार्क गाजुरीको कुना रोज्यौ तर बाल उद्यान, बनभोज स्थल, धार्मिक स्थल, प्यूठान अर्घाखाची रोल्पाका साथै धौलागिरी आसपासको हिमाल अवलोकन हुने मल्लरानी बारे कुनै छलफल ग¥यौ ? पानीको प्रशस्त स्रोत हुदाहुदै पनि सबै बस्तिमा पानी पुराउने बारे प्यूठानको पहिलो प्राथमिकतामा पा¥यौ कि नाई ? शिक्षा र स्वास्थ्यमा ठुलो धनराशी बाहिरिएको छ जिल्लामै राख्ने कुनै योजना बनाएका छौ ? व्राहामण राजा नेपाल मा एक मात्र वाइसे चौबिसे राज्यको पालामा प्यूठानकोे उदयपुरकोटमा मात्र थिए यस बारे कुनै चर्चा चलायौं ? नेपालमै अग्रणी स्थानमा रहेको चुनढु∙ा जुन हजारौ बर्ष सम्म लाई पुग्न सक्छ यसबारे हाम्रो कुनै अनुसन्धान छ ? यि बिविध बिषय बारे आगामी अंकमा केस्रा केस्रा केलाउने गरि पस्कने छु । स्थानीय सरकार आलमलमा होइन गन्तव्यमा दुरदृष्टि का साथ अगाडी बढोस ।
यस्तै छन् हिजो आजको कुरा ।
कमेन्ट गर्नुहोस !