
राधिका भुसाल
प्यूठान । राज्यले व्यापारिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले बताउनु भयो । “नीजि क्षेत्रसंग सरकार हातेमालो गरेर अगाडि बढे मात्र विकासमा परिवर्तन ल्याउन सकिन्छ”– अध्यक्ष तिवारीले भन्नु भयो–“स्थानिय सरकार संग नीजि क्षेत्र सहकार्य गर्न तयार छ ।” औद्योगिक क्षेत्रमा राज्यलाई सबै भन्दा धेरै कद तिर्ने नीजि क्षेत्रका भएता पनि व्यवसायीक मैत्री सरकार नभएको बताउनु भयो ।
“हामी जे पनि घोषणा गर्छौ तर विकासका लागि आवश्यक पर्ने पुर्वाधार हामीले तयार गर्न सकेका छैनौं”–तिवारीले भन्नु भयो–“बस्ती बसाल्नु पहिला बाटो बनाउनु पर्छ ।” हामीहरुले हरेका काम उल्टो तरिकाले गरिहेको उहाँको भनाइ छ । अहिले पनि देशमा लगानी मैत्री वातावरण नभएको हुंदा नीति नियम तथा ऐन बनाउदा व्यवसायीक मैत्री नीजि क्षेत्रलाई सुहाउदो बनाउनु पर्ने उहाँको धारणा थियो । प्रदेश नं. ५ अन्य प्रदेश भन्दा कृषि पर्यटनको क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश हो । राष्ट्रिय हिवासमा तिव्र रुपमा अगाडि बढेको र राज्यलाई सबै भन्दा धेरै कर तिर्ने प्रदेश भएको बताउनु भयो ।
स्थानिय सरकारले नीजि क्षेत्र हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याइ हातेमालो गरेर अगाडि बढ्न सकेका अबको ५ वर्ष भित्र प्यूठानको विकास धेरै परिवर्तन आउने उहाँले बताउनु भयो । नेपालमा सुभारम्भ भएको भ्रमण वर्षलाई सफल बनाउन पुर्वाधार तर्फ सबैको ध्यान जानु पर्ने उहाँको भनाइ छ । प्यूठान उद्योग वाणिज्य संघको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासंघका प्रदेश अध्यक्ष तिवारीले नेपाली सेनाले बाहेक अन्य सबै निकायले पछाडिबाट हेरिरहेको समेत बताउनु भयो । संघ अध्यक्ष केदारमान कक्षपतिको अध्यक्षता रहेको साधाण सभामा उद्योगी व्यवसायी, जनप्रतिनिधि, संघ संस्था, राजनैतिक दलको बाक्लो उपस्थिति रहेको थियो । सभाको सञ्चालन महासचिव कृष्णभक्त गिरीले गर्नु भएको थियो
कमेन्ट गर्नुहोस !