शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्रतिस्पर्धामा नीजि विद्यालय अगाडि हुनुपर्ने


प्युठान,१९ पुस ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) का केन्द्रिय समिति अध्यक्ष टिकाराम पुरीले सरकारी विद्यालय भन्दा नीजि विद्यालय एक कदम अगाडी हुनुपर्ने बताएका छन् । शनिवार प्याब्सन प्युठानको सातौ साधारण सभामा उनले उक्त कुरा बताएका हुन् । सरकारले सामुदायिक विद्यालयलाई सबै क्षेत्रबाट विकसित बनाउन आफ्ना योजनाहरु तीन तहका सरकारबाट प्रदान गरिरहेको छ तै पनि नीजि विद्यालय शिक्षाको गुणस्तरले अगाडी हुने पर्ने अध्यक्ष पुरीको उनको भनाई छ । लामो समयपछि निर्माण भएको नेपालको तीन खम्बे शिक्षा नीतिले सरकारी, नीजि र सहकारी जुनसुकैले पनि विद्यालय सञ्चालन गर्ने भनिएपछि अब नीजि र सरकारी भनेर पनपक्ष हुने दिन हराउने विश्वास लिएको उनले बताए ।
नेपालको संविधानमा उल्लेख ऐन, कानुन बमोजिम नीजि विद्यालय सञ्चालनमा आएको उनले बताए । लामो समयसम्म सरकारी र नीजि विद्यालयमा विभेद भयो, उनले भने,–‘अब हामी विभेदको अन्त्य गर्छौ । ’ सरकारी स्तरमा जस्तै हामीले पनि शिक्षा दिएका हौँ, विष त हैन नि अध्यक्ष पुरीले भने । कलिला बालबालिकाको जीवनलाई ज्योती दिने काम नीजि विद्यालयको पनि हो उनले भने । उनले आउँदो हिउदे अभिवेशनमा दुई विद्यालयमा हुने विभेदको अन्त्य हुने समेत बताए । नीजि विद्यालयबाट दिईने शिक्षालाई नया ढंगले अगाडी बढाउन आफुहरु सक्रिय हुने अध्यक्ष पुरीको भनाई छ । उनले अघिल्लो वर्षको स्मरण गर्दै केहि स्थानिय तहले सरकारी जागिरे र जनप्रतिनीधिका छोराछोरी सरकारी विद्यालयमै पढाउने नीति हाँल राज्यले हटाएको बताए । उनले भने,–‘यी विषयमा स्थानिय तहका जनप्रतिनीधिलाई जानकारी गराउनुस ।’


पहिले भन्दा हाल सामुदायिक विद्यालय सुधार भएका छन्, तीनि विद्यालयमा पनि अग्रेजी माध्यममा पढाई सुरु भएको छ अध्यक्ष पुरीले भने,–‘ गुणस्तरीय शिक्षा दिएर हामी अगाडि हुनुपर्छ ।’ नीजि विद्यालयले सीपमुलक शिक्षा दिनुपर्ने उनले बताए । पाठयक्रम नयाँ हुदैँ छ त्यसमा हामी सीपसंग जोडेर शिक्षा दिने व्यवस्था मिलाउछौँ उनले भने । विद्यालयमा पूर्वाधारको विकास, कम्पनी अनुसार सञ्चालन, सीप र प्रविधिसंग जोडेर शिक्षा दिने हो भने नीजि विद्यालय अगाडी हुने अध्यक्ष पुरीले बताए । नीजि विद्यालय नयाँ ढंगले अगाडी बढाउनका लागि प्याब्सनले माघ ९ र १० गते केन्द्रिय शैक्षिक सम्मेलन गर्न लागेको अध्यक्ष पुरीले बताए ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) का जिल्ला अध्यक्ष गिरबहादुर भण्डारीको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन प्युठानका पूर्व अध्यक्ष जगन्नाथ पोख्रेल, प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति , प्याब्सन संग सम्बन्धित विभिन्न बक्ताहरुले मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top