शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा रोकीएनन् लागुऔषधका घट्ना


सागर रिजाल
प्युठान, १७ पुस ।
प्युठानमा चालु आर्थिक बर्ष ०७६÷०७७ को पाँच महिनामा लागु औषध मुद्धामा पाँच जना व्यक्ति पक्राउ परेका छन् । तीन जना पुरुष र दुई जना बालक गरि पाँच जना व्यक्ति विभिन्न स्थानबाट लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जसमा लागु औषध सेवन, बिक्रि बितरण र ओसार पसारका मुद्धा रहेका छन् ।
प्रक्राउपरेका व्यक्तिहरुबाट एक सय ५४ पिस नाईट्रोजाम ट्याब्लेट र १० पिस सोहि ट्याव्लेट प्याक गरिएको अबस्थामा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको थियो । जिल्लामा चालु आर्थिक वर्ष ०७४÷०७५ मा एक जना व्यक्तिलाई जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर दुई पौडे्ल पेट्रोल पम्प नजिकबाट नुफिन आठ थान, डाइजापाम आठ थान र फेनेगर सात थान लागु औषध सहित अनेत्र जिल्लाको व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो । दुगर्म जिल्लामा पनि लागुऔषधका घट्ना बढ्दै जान थालेको उहाँले बताउनुभयो ।
जिल्लामा विभिन्न कारणले गर्दा यस्ता घट्ना बढ्न थालेका हुन् । प्रहरी निरीक्षक जिसीका अनुसार आर्थिक, पारिवारिक, सामाजीक, आफु स्वतन्त्र रहन चाहानु, महत्वकाक्षिं बढ्दै जानु, बालकालिकाहरुको सन्दर्भमा बिचैमा पढाई छोड्नु, गलत साथि संगत लगाएतका कारणले यस्ता घट्ना बढेको उहाँको भनाई छ । यस घट्नामा बढी १८ देखि २० वर्ष उमेर समुहका व्यक्तिहरु संलग्न रहेको देखिएको उनले बताए ।
पछिल्लो समय लागूऔषध कारोवारीमा बढी बालबालिकालाई प्रयोग हुन थालेको पाईएको छ । लागूऔषध ऐन २०३३ मा लागूऔषध उत्पादन, भण्डारण, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई २ वर्षदेखि १५ वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एक महिनाको कैद तथा २ हजार रुपैयाँ जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।
मदिरा कार्यान्वयन ऐन २०३१, लागु औषध नियन्त्रण ऐन २०३३ र सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने एन २०६८ कार्यान्वयका बिषयमा आम नागरिकमा जानकारी गराउन आबश्यक छ । लागूपदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुने सूचना अधिकारी जिसीले बताउनुभयो । यसले व्यक्ति आफँै, परिवार, समाजलाई नै नकारात्मक प्रभाव पार्ने उहाँको भनाई छ ।
यस्ता घट्नाहरु न्यनीकरणका लागि जिल्ला प्रहरी कार्यालय प्युठानले समुदाय साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न बस्तीहरु, विद्यालयहरुम लागुऔषध बिरूद्ध सचेतना र जागरण अभियान संगै बालविवाह, घरेलु हिंसा, महिला हिंसा लगाएतका विषयमा कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top