शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

गर्जेनीमा पुनः दुर्घटना नदोहोरियोस्


प्यार अलि खाँन
आज भन्दा १५ वर्ष अघि सिंगो देशलाई स्तब्द बनाउने गरि गर्जेनीमा बिहे बस दुर्घटनाग्रस्त भएको थियो । २०६१ माघ ८ गते दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारी गाँउ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । गाँउनै रित्तो हुने गरी भएको दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका थिए ।
माण्डवी गाँउपालिका वडा नं. १ मा पर्ने गर्जेनी बस दुर्घटनास्थलमा आजभोली पनि घुम्ती साँघुरो र ठूला खाल्डाखुल्डीकै कारण पुनः दुर्घटनाको जोखिम बढाएको छ । दुर्घटनास्थलमा माण्डवी नदी किनार पट्टि वाल भत्कीएको, सडक छेउको डिभाइडर, ढुङ्गा जाली भत्कीएको अवस्थामा छ ।
प्यूठान प्रवेश गर्ने नयाँ सवारी चालकले गर्जेनीमा पुग्दा खाल्डाखुल्डी बचाउने निहुँमा सवारी साधन खोलामै फाल्न सक्ने जोखिम उत्पन्न गराएको प्यूठानका सवारी चालकहरु बताउँछन । “सडकको छेउतिरको पक्की भाग समेत भत्किएको छ ।” यात्रुवाहक बसका रात्री सेवाका चालक शुरेस नेपाली (टाईमपास) ले भने, “तिखो मोड अनि खाल्डाखुल्डी त्यहाँ सचेततापुर्वक मोड काट्नुपर्दछ ।” यथासिर्घ सडक मर्मत तथा छेउपट्टीको भागमा ठूलो वाल लगाउन समयमै ध्यान दिनुपर्ने चालक टाईमपासले बताए ।
घटना भएपछि मात्र तात्तीने संस्कारबाट माथि उठ्नुपर्ने नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए । “ह्दयबिदारक घटनालाई भुल्न खोज्दा र त्यहाँ पुग्दा पुनः ताजगीपन देखापर्दछ ।” टारी गाँउका स्थानीय समेत रहेका सुवेदीले भने, “दुर्घटनास्थल सडकको अवस्था दयनिय छ ।” सम्भवत् नेपालकै ठूलो जन्ती बस दुर्घटना भएको ठाँउमा सामान्यतया सडक चौडा बनाउने, खाल्डाखुल्डी पुर्ने, मोड कटिङ्ग लगाएत अन्य केहि नयाँ काम हुन नसकेकोमा सुवेदीले चिन्ता व्यक्त गरे ।
तात्कालीन जिल्ला विकास समितिले गर्जेनी बस दुर्घटना छानविन समिति समेत गठन गरेको थियो । हालका वरिष्ठ अधिवक्ता समेत रहेका रामेश्वर सुवेदी नेतृत्वको टोलीले दुर्घटनाको कारण तथा सुझाव सहितको छानविन प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनबारे हालसम्म सम्वन्धित तथा सरोकारवाला निकायले कुनै चासो एंव कार्यान्वयनमा ध्यान नदिएको सुवेदीले बताए । “राज्यनै बेखबर भएपछि कस्ले के गर्ने ।” सुवेदीले भने, “दुर्घटनास्थलको एरियामा कुनै बदलाब आउन सकेन यो बिडम्वना हो ।”

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top