
राधिका भुसाल
प्यूठान । प्युठानमा मगरहरुको एकता भेला सम्पन्न भएको छ ।
पुर्ण बुढा मगरको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको हो । कृष्ण खाम्चा मगर सह संयोजक सहित ३५ सदस्यीय कमिटि गठन भएको महाविर रानाले जानकारी दिए ।
कमिटिका सबै सदस्यले मोर्चाका केन्द्रीय संयोजक भोजबिक्रम बुढामगरबाट पद तथा गोपनियताको सफत लिएका थिए । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य हरी प्रसाद रिजालले संघीय गणतन्त्र स्थापना गर्न नेपालका मगर समुदायले महत्त्वपूर्ण भुमिका निर्बाह बताउनु भयो । अब समृद्ध नेपाल निर्माण गर्ने अभियानमा पनि अग्रणी भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा प्युठान जिल्लामा नेकपा बाट निर्वाचित मगर जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
तत्कालीन नेकपा (एमाले) निकट लोकतान्त्रिक मगर संघ र नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्ति मोर्चा बिच एकता भइ लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल बनेको थियो ।
कमेन्ट गर्नुहोस !