शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

होटल व्यवसायी संघद्धारा केन्द्रिय पदाधिकारीलाई बधाइ ज्ञापन


राधिका भुसाल
प्यूठान । होटल व्यवसायी संघ प्यूठानले नवनिर्वाचित केन्द्रिय पदाधिकारीलाई एक समारोह बीच बधाइ दिएको छ ।
यही पौष ४ गते बिरेन्द्रनगर सुर्खेतमा भएको होटल व्यवसायी महासंघको अधिवेशनबाट केन्द्रिय कमिटिमा निर्वाचित भएका पदाधिकारीहरुलाई बिहिबार बधाइ दिएको हो । अधिबेसनबाट संस्थापक अध्यक्ष शिव बहादुर पुलामी केन्द्रिय सल्लाहकार, निर्वतमान अध्यक्ष चन्द्रलाल न्यौपाने सचिव र धनेश्वर भण्डारी लेखा समिति संयोजकमा निर्वाचित भएका छन् । यि तिनै जनालाई संघले दोसल्ला ओढाइ सम्मान समेत गरेको छ ।
पर्यटकहरुलाई आवासमा विशेष छुट
बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ प्रदेश नं. ५ का महासचिव दधिराम भण्डारीले पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी पाहुना अर्थात पर्यटकहरुलाई आवासमा २० प्रतिशत छुट दिने निर्णय भएको हुंदा जिल्लाका व्यसायीहरुले पनि प्रदेशको निर्णय पालना गर्न आग्रह गरे ।
‘नेपाल सरकारले कृषि, पर्यटन र उद्योगलाई मुख्य आय आर्जनको रुपमा राखेको छ,’– महासचिव भण्डारीले भने–‘होटल उद्योग अन्तर परे पनि नेपाल सरकारले होटलहरुमा लगानी पनि गरेको छैन र सहयोग पनि छैन ।’ यदि सच्चिकै पर्यटक भित्र्याउने हो भने होटलहरुको स्तर बृद्ध गर्न व्यवयासीहरुसंग सरकार हातेमालो गरेर अगाडि बढ्न जरुरी छ । उनले भने–‘ हरेक ठाउँमा अनुदान दिने सरकारले उद्योगमा ध्यान दिन सकेको छैन ।’
खाली रहेका डाडापाखाका जग्गाहरुलाई सरकारले रेस्टुरेन्ट तथा रिसोर्ट सञ्चालनका लागि भाडामा दिनु पर्ने उनले बताए । प्यूठानका पर्यटकीय स्थलहरुमा एक एक वटा रिसोर्ट सञ्चालनमा ल्याउन जरुरी रहेको तर, स्थानिय सरकारले त्यसतर्फ खासै चासो नदिएको समेत महासचिव भण्डारीले बताए । स्वर्गद्धारीको धरम्पानीमा रिसोर्ट सञ्चालनको लागि सबै पक्षसंग लामो छलफल गरेतापनि अहिलेसम्म अनुमति नपाएको गुनासो गरे ।
पर्यटनको माध्यमबाट राज्यलाई आर्थिक रुपमा मजबुद बनाउने नारा लगाउने सरकारले उद्योगीहरुलाई प्रयोगहिन जग्गाहरु भाडामा समेत दिन नसक्नु र यता उद्यागीहरुले ति डाडापाखाहरुमा रिसोर्ट सञ्चालन गर्न नसक्नुले सोचे अनुसार पर्यटकहरुको भित्र्याउन नसकिएको संघका पदाधिकारीहरुले बताए ।
नव निर्वाचित महासंघका केन्द्रीय सचिव चन्द्रलाल न्यौपानेले होटलहरुको गुणस्तर कसरी बढाउने भन्ने विषयमा जिल्ला स्थित सबै पक्षसंग छलफल गर्न जरुरी रहेको बताए । त्यस्तै संघका सस्थापक अध्यक्ष एवं केन्द्रीय सल्लाहकार शिव बहादुर पुलामीले विगतमा संघ प्रति गरेको योगदान पछिको सफलतालाई स्मरण गर्दै जिल्लाको पर्यटन विकासका लागि होटल सञ्चालकहरुले विशेष चासो दिनु पर्ने बताए । बधाइ तथा सम्मान ग्रहण गर्दै केन्द्रीय लेखा समिति संयोजक धनेश्वर भण्डारीले जिल्लामा सञ्चालन भएका होटलहरुको गुणस्तर बृद्धिको लागि सञ्चालकलाई राम्रो तालिमहरु आवश्यक परेको बताए ।
संघका अध्यक्ष गञ्ज बहादुर थापाको अध्यक्षता र बरिष्ट उपाध्यक्ष जुद्ध बहादुर कुवरको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव बसन्त भण्डारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top