
राधिका भुसाल
प्यूठान । आर्थिक अभावका कारण राम्रो शिक्षा नपाएकी दुर्गा सुनारको सम्पूर्ण शैक्षिक खर्च ब्यहोर्ने गरी ऐरावती गाउँपालिका अध्यक्षले नविल विक्रम शाहले अभिभावकत्व ग्रहण गरेका छन् ।
धर्मोदय माध्यमिक विद्यालय जाबुनेमा कक्षा ८ मा पढ्दै गरेकी विद्यार्थी सुनारको शिक्षा क्षेत्रमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता सहित अध्यक्ष शाह अभिभावक बनेका हुन । किशोरी सम्बाद कार्यक्रममा दुर्गाले आफ्नो बुबाले दोस्रो विवाह गरेपछि आर्थिक अभावका कारण शिक्षामा ध्यान दिन नसकेको बताइन । ‘म सानै थिए बुबाले कान्छी आमा भगाएर इन्डिया लैजाँदा’– दुर्गाले रुदै भनिन्–‘कमाउने मान्छे नै घरको जिम्मेवारीबाट टाढा गएपछि विस्तारै आर्थिक समस्याले च्याप्दै गयो । त्यसपछिका दिनहरु कष्टकर बन्न थाले । विद्यालय जाने पढ्ने लेख्ने भन्दा आमालाई सघाएर दुइ चार पैसा जम्मा गरी भोको पेट भर्ने र नांगो ढाक्ने तर्फ चिन्ता बढ्न थाल्यो ।’ बुबाको माया गुमाउदाको पीडा त छदै छ त्यसमाथि विद्यालय जाने पढ्न, लेख्ने समय कटौती गर्दै वन जंगल घाँस दाउरा, र गोठालो गर्नु परेको उनले बताइन । ‘शिक्षाको भारी भन्दा बढि घरको जिम्मेवारीले च्यापेको छ’–किशोरी दुर्गाले भक्कानिदै भनिन–‘परिवारको अवस्था, आमाको दुख्ख देख्दा अनेकौ चिन्ता दिमागमा आउछ र राम्रोसंग पढ्न मन पनि लाग्दैन ।’
सबैलाई रुवाइन दुर्गाले, थामिएनन् अध्यक्ष पनि
उनको यो पीडादायी घटना सुन्दा किशोरी सम्वाद कक्षामा रहेका सबैजनाको आँखा रसाएका थिए । अध्यक्ष शाहले किशोरी दुर्गाको पीडामा मल्हम लगाउदै भने–‘घरमा खाने खर्च दिन त सक्दिन तर, शैक्षिक क्षेत्रमा लाग्ने सम्पूर्ण खर्चको जिम्मेवारी म लिन्छु ।’ थप्दै उनले भने–‘अब कापी कलम किन्नकै लागि विद्यालय छोडेर मजदुरी गर्न जान पर्दैन, त्यो पु¥याउने जिम्मा मेरो भयो, के के चाहिने हो मलाई भन्नु ।’ पठन पाठनलाई जीवनको प्रमुख कार्य भित्र राखी राम्रो मेहनत गर्नु पर्ने बताउदै खर्च गरे अनुसार रिजल्ट आउनु पर्ने बताए । दुर्गाको सफलताका लागि आफुले हरेक स्थानमा साथ दिने आश्वासन समेत दिएका छन् । अध्यक्ष शाहले अरु विद्यार्थी जस्तै निर्धक्क, लगनशील र अनुशासीत भएर अगाडि बढ्न हौसला पनि दिए ।
ज्योतिको जीवन अध्यारिदै
दुर्गाको घटनाले बहुबिबाहले परिवारमा र समाजमा पर्ने असर बारे जानकारी पाएको किशोरी सम्बादमा सहभागिले बताए । सोही विद्यालयको कक्षा १० मा अध्ययनरत जीवनज्योती गुरुङ पीडा पनि केही फरक छैन । नेपाल प्रहरीमा कार्यरत उनको दाईले दोस्रो विवाह गरेका थिए । दुइ वटी श्रीमति हुंदा हुदै फेरि अर्को महिलाले मानसिक पीडा दिन थालेपछि सुसाइट लेटर लेखेर कात्र्तिक महिनामा आत्महत्या गरे । ‘कमाउने रेखदेख गर्ने दाईले कान्छी भाउजु दिएर रुकुम बस्न थालेपछि हाम्रो दुखका दिन सुरु भएको हो’ रुदै उनले भनिन्–‘ दाइ कुमाउनु को पीडा एकतिर छन् भने आर्थिक अभावका कारण बिचैमा पढाइ छोडेर परिवार सम्हान पर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।’ बुढा भएका बुबा आमा, सहारा बिहिन भाउजु र टुहुरा भदाभदैलाई सम्हाल्न नसकेको उनले बताइन । परिवारिक समस्याले गर्दा दिनप्रतिदिन आफु कमजोर बन्दै गएको उनले बताइन ।
कमेन्ट गर्नुहोस !