शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ऐरावती–६ को सार्वजनिक सुनुवाई सम्पन्न


सागर रिजाल
प्युठान, १ पौष ।
ऐरावती गाउँपालिका वडा नम्बर ६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष ०७५÷०७६ मा भएका कार्यक्रम र खर्चका बारेमा स्थानियलाई जानकारी गराईएको थियो । वडामा जम्मा बजेट एक करोड ३५ लाख रहेको थियो । जसबाट एक करोड ३३ लाख ५० हजार विभिन्न विकास निमार्णमा खर्च भएको जानकारी गराईएको थियो । समयमा काम सम्पन्न हुन नसक्दा उक्त वजेटबाट एक लाख ५० हजार बजेट र्फिता भएको सार्वजनिक सुनुवाईमा जानकारी गराईएको थियो ।
वडामा गतवर्षको बजेटवाट धारापानी ट्यांकी निमार्णका लागि एक लाख, पधेरा खोला ट्यांकी निमार्णमा एक लाख, हाडी खोला प्रतिक्षालय निमार्णका लागि ४५ हजार, हाँडी खोला मोटर बाटो निमार्णका लागि ५० हजार, महिला शसक्तिकरण अभिमसखिकण तालिमका लागि ५० हजार लगाएत वडा बासीको माग र आबस्यकताका आधारमा विकास निमार्णमा वजेट खर्च गरेको वडा अध्यक्ष रानाले जानकारी दिए । गतवर्ष वडा कार्यालयबाट दुई सय जनाको जन्मदर्ताको लागि सिफारिस, ४४ जनाको मृत्यु दर्ता, बिवाह दर्ता ४८, नागरीकता सिफारिसका लागि एक सय ८३ र अन्य ६ सय ६९ सिफारिस गरेको अध्यक्ष रानाले बताएका छन् ।
वडा कार्यालय को आयोजना तथा कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियबासीले काम गराईका क्रममा राजनीति हेरेको, राजनीतिकै कारणले कामहरुमा ढिलासुस्ती गरेको लगाएतका गुनासाहरु राखेका थिए । वडा अध्यक्ष रानाले आगामी दिनमा यसमा सुधार गर्दै जाने बताए । यस्तै वडा नम्बर पाँचकोे पनि सार्वजनिक सुनुवाई कार्यक्रम स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top