शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

ऐरावती – ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


सागर रिजाल
प्युठान, १ पौष ।
ऐरावती गाउँपालिका–४ धुवाङको गत आर्थिक वर्ष ०७५÷०७६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय को आयोजना तथा कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा अध्यक्ष शंकर भण्डारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीहरुको उपस्थिती रहेको थियो । वडाबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै गत आर्थिक वर्षमा छुट्टार्ईएको बजेटको बारेमा वडाबासीलाई जानकारी गराइएको थियो ।
गत आवमा वडामा सड्क मर्मत निमार्णका लागि एक लाख ५० हजार यस्तै झोलुगें पुल निमार्णका लागि एक लाख, सिचाई कुलो निमार्णमा चार लाख, भवन निमार्ण तथा मर्मत कार्यका लागि २० लाख, खेल मैदान निमार्णका लागि पाँच लाख बजेट विनियोजन संगै निर्माण कार्य सम्पन्न भएको छ । यसैगरी तारजाली निमार्णका लागि १२ लाख ५० हजार, पर्खाल निमार्णमा आठ लाख ६० हजार, खानेपानी निमार्ण कार्यमा नौ लाख ५० हजार, वाल उद्यान निमार्ण कार्यका लागि एक करोड ७५ हजार, ज्येष्ठ नागरीक सम्मानका लागि ३० हजार, युवा खेलकुद कार्यक्रमका लागि एक लाख खर्च विनीयोजन संगै खर्च भईसकेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए ।
सम्पन्न हुन नसकेको योजनाहरु
बोका खरिद तथा वितरण कार्यक्रमका लागि दुई लाख १० हजार, महिला सुत्केरी तथा वितरण कार्यक्रमको लागि ५० हजार, बाल विवाह न्युनिकरण ५० हजार गरेर जम्मा तीन लाख १० हजार खर्च हुन नसको वडा अध्यक्ष भण्डारीले बताए । कुल विनियोजन रकम ६८ लाख १५ हजार रहेकोमा अगिल्लो वर्ष ६५ लाख १५ हजार खर्च भएको वडा अध्यक्ष भण्डारीले बताए ।
स्थानियको गुनासो
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले विकास निमार्णका लागि आएका बजेटका बारेमा आफुहरुलाई समावेश नगराएको गुनासो पोखेका थिए । महिलाहरु सुत्केरी भएको बेलामा पाउनुपर्ने सेवा सुविधा वडाबाट पाउन नसकको उनीहरुको गुनासो थियो । यसैगरी बोका खरिद गर्ने भनेर आएको बजेट बारेमा आफुहरुलाई थाहा नगराई बजेट फिर्ता गएको भन्ने लगाएतका बारेमा कार्यक्रममा गुनासो राख्नुका साथै आगामी दिनमा यी पक्षमा ध्यान दिन वडा अध्यक्षलाई आग्रह गरेका थिए । वडा अध्यक्ष भण्डारीले आगामी दिनमा यी पक्षमा जानकारी गराउने बताए । त्यस्तै कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सहजीकरणमा ऐरावती गाउँपालिका वडा नं ३ मा पनि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top