शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा जनता आवास कार्यक्रममार्फत  एक सय १० घर निर्माण हुँदै


प्युठान, १ पुष ।

५ नंम्बर प्रदेश सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रम मार्फत  जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा एक सय १० घर निर्माण हुने छन् । आर्थिक वर्ष ०७६÷ ०७७ का लागि  जिल्लाको क्षेत्र नम्बर १ मा ५५ र क्षेत्र नं २ मा  ५५  घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेश सांसद हरिप्रसाद रिजालले जानकारी दिए ।  दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि  जनता आवास कार्यक्रम मार्फत घर निर्माण हुने सांसद रिजालले बताए ।

 प्रति घर तीन लाख ३० हजार बजेट

प्रदेश सरकारले प्रति घर निर्माणका लागि तीन लाख ३० हजारका दरले बजेट छुट्याएको छ ।  उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ । नयाँ बन्ने घर दुई कोठा ब्रण्डा सहित ट्वाईलेट समेत हुने रिजालले बताए ।  विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताए ।

जनता आवास मार्फत अब बन्ने घर चाल आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ । र चालु आर्थिक वर्षमै विपन्न परिवारलाई हस्तान्तरण गरिने  प्रदेशसभा सदस्य रिजालले बताए ।  पालिकाहरुको निणर्य र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य सुरुवात हुनेछ । रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरीहरु औल्याउदै अझ जिल्लामा प्रभावकारी कार्यक्रमहरु ल्याउने योजना भएको प्रदेश सांसद रिजाल बताउछन् । जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाईदिने निर्णय सहित प्रदेश सरकारसंग माग गरेको उनको भनाई छ ।

जिल्लाका यी क्षेत्रमा निर्माण हुदै घर

प्युठान क्षेत्र नं १  अन्र्तगत प्युठान नगरपालिका वडा नं ३  विजयनगरमा दलित ब्स्तिमा  ११ यस्तै स्वर्गद्धारी नगरपालिका वडा नम्बर आठ चाल्नेटारमा पनि दलित परिवारहरुको लागि १२, ऐरावती गाउँपालिका वडा नम्बर एक दाङवाङको खल्नेटा मा १४ वटा ,  सरुमारानी गाउँपालिका वडा नम्बर एक, दुई, तीन र चारमा पनि १८ वटा  नयाँ घर निर्माण हुने भएका छन् ।

यसैगरी क्षेत्र नम्बर दुई अन्र्तगत गौमुखी गाउँपालिका वडा नम्बर चार पुँजामा १५ वटा, गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङमा  सात वटा, झिमरुक गाउँपालिका वडा नं ७ मा १५, प्युठान नगरपालिका वडा नम्बर ८ मा  १३ घर निर्माण गरिने प्रदेश सदस्य रिजालले बताए  । यस्तै प्युठान नगरपालिका वडा नम्बर ७ मा  पनि पाँच वटा लक्षित वर्गको लागि नयाँ घर निर्माण हुने रिजालको भनाई छ ।

अगिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण

गत वर्ष प्रदेश सरकारको बजेट मार्फत जिल्लामा २६ नयाँ घर निमार्ण  भएका थिए । निर्माण गरिएका घरहरु लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेश सदस्य रिजालले जानकारी दिए । गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकामा अन्र्तगतका बस्तिमा १८ र नौवहिनी गाउँपालिका वडा नम्बर ५ मा  आठ वटा घर निमार्ण भएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top