शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

स्थानीय सरकारले निजी क्षेत्रसंग समन्वय गनुपर्दछ –कक्षपति


प्यार अलि खान
प्युठान ।
स्थानीय सरकारले निजी क्षेत्रसंग प्रभावकारी समन्वय गर्नुपर्ने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताएका छन् । नगरको विकास र समृद्धिमा स्थानीय सरकार र नीजि क्षेत्रको सहकार्य अहिलेको अपरिहार्य आवस्यक्ता रहेको कक्षपतिले जिकिर गरे । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १५ औँ वार्षिक साधारण सभाको उद्धघाटन गर्दै अध्यक्ष कक्षपितिले भने, “सरकारले व्यवसायीहरुसंग कर मात्र लिन जानेर हुँदैन ।” कक्षपतिले भने, “व्यवसायीहरुका साझा समस्या र जटिलताहरुको पहिचान गरि समाधानमा पनि उत्तिकै ध्यान दिनु पर्दछ ।” निर्माणाधिन शहिद पार्क प्रति ईङ्गित गर्दै पर्यटन प्रर्वद्धनमा प्यूठान नगरपालिकाले देखाएको चासो र सहयोग प्रति भने कक्षपतिले प्रशंसा गरेका छन् ।
जिल्लाको कृषि, उर्जा, पर्यटन प्रर्वद्धनको विकास, बजारको सुरक्षा, व्यवस्थित बजार, सडक जाम, फोहरमैला व्यवस्थापनमा स्थानीय सरकारसंग निजि क्षेत्र सदैव आवस्यक समन्वय र सहकार्य गर्न तयार रहेको अध्यक्ष कक्षपतिले बताए । “उद्योग वाणिज्य संघ विशुद्ध व्यापारीहरुको संस्था हो ।” अध्यक्ष कक्षपतिले भने, “हामी सदैव व्यवसायीहरुको हक, हित र अधिकारमा पैरवी गर्दै आएका छौँ ।” भ्रमण वर्ष २०२० लाई लक्षित गरि निकट भविष्यमै व्यवस्थित मेला महोत्सव गर्न लागिएको कक्षपतिले बताए । स्थानीय स्तरमा पर्यटन प्रर्वद्धनक गर्न पालिका स्तरिय मेला महोत्सव गर्न संघले स्थानीय सरकार समक्ष प्रस्ताव पेश गरेको कक्षपतिले बताए ।
वार्षिक साधारण सभामा विशिष्ट अतिथि प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले नगरपालिकाको चौतर्फी विकासमा नीजि क्षेत्रसंग समन्वय गर्न नगरपालिका सधैँब तयार रहेको बताए । “हामी २ वर्ष ऐन कानुन तथा कार्यविधि बनाउन लागि प¥यौँ ।” नगर प्रमुख कक्षपतिले भने “समृद्ध नगर बनाउन सबै पक्ष हातेमालो गर्नुको विकल्प छ्रैन् ।” तत्कालै उद्योग वाणिज्य संघसंग नगरपालिकाले केही योजना तथा कामहरुमा सहकार्य गर्न सक्ने स्थिति रहेको कक्षपतिले बताए । “बजारको सुरक्षाका लागि नगर प्रहरी राख्दै छौँ ।” कक्षपतिले भने, “नगरपालिकामा छुट्टै व्यवसाय युनिटको स्थापना पनि गर्दैछौँ ।” उदेश्यहिन अव्यवस्थित मेलामा रोक लगाई जिल्लाको कृषि, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने खालका मेला महोत्सवहरु संचालन गर्नुपर्नेमा नगरप्रमुख कक्षपतिले जोड दिए ।


साधारण सभामा बजार क्षेत्रको सचिवालय भवन निर्माणका लागि उपाध्यक्ष प्यार अलि खाँनको संयोजकत्वमा ३ सदस्यीय भवन निर्माण समितिलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न साधारण सदस्यहरुलाई अपिल गरिएको सचिव सुमन सवुदीले बताए । सुवेदीले संस्थाको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अर्जुनसिंह विकले १ लाख ६२ हजार ३ सय ८३ रुपैयाँ बराबरको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए । अनिवार्य व्यवसाय दर्ता, नियमित बजार अनुगमन, झोलेपोके नियन्त्रण, फोहर व्यवस्थापन, व्यवसायिक दक्षताका लागि अभिबृद्धि तालिम, राजश्व तथा कर सम्वन्धि तालिम आदी अगामी वर्षका भावी कार्यक्रमहरु रहेको सचिव सुवेदीले जानकारी दिए । आगामी वर्ष ११ लाख ८० हजार रुपैयाँ बराबरको आय–व्ययको अनुमानित बजेट प्रस्ताव गरिएको कोषाध्यक्ष विकले बताए । भवन निर्माणका लागि प्यूठान उद्योग वाणिज्य संघका सदस्य डिल्लीराज पराजुलीले १ लाख ५ रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा समेत गरेको कोषाध्यक्ष विकले जानकारी दिए । संघका द्धितिय उद्योग उपाध्यक्ष एंव प्यूठान नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष मुक्ति पोख्रेललाई सम्मान समेत गरिएको छ ।
प्यार अलि खाँनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघका सदस्य झविन्द्र शर्मा, उद्योग उपाध्यक्ष मुक्ति पोख्रेल, वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर केसी (प्रभात) पूर्व अध्यक्ष राजकुमार कक्षपतिले शुभकामना मन्तब्य राखेका थिए । सनिवार जुम्री स्थित विजयलक्ष्मी महिला सहकारीको भवनमा प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष मधुसुदन शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्धघाटन तथा बन्द सत्रको संचालन सचिव सुमन सुवेदीले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top