
– एक हप्तामा एक सय ६३ सवारी साधन कार्वाहीमा
सागर रिजाल
प्युठान, २८ मंसिर ।
सडक अनुशासन र दुर्घटना न्युनिकरणका लागि सवारी साधन चेकजाँचमा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले कडाई गर्दै आएको छ । चेकजाँचका क्रममा ट्राफिक प्रहरीले एक हप्ताको अवधीमा बस, मोटरसाईकल, ट्रक, ट्रिपर लगायतका एक सय ६३ सवारी साधनका चालकलाई कार्वाही गरेको छ । सवारी कार्वाहीबाट एक हप्तामा ८६ हजार रुपिँया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी निरिक्षक केदार सुवेदीले जानकारी दिए ।
आर्थिक वर्षको चौमासिकमा दुई हजार चार सय सवारी साधन कावार्हीमा
चालु आर्थिक वर्षको पहिलो चौमासीकमा दुई हजार चार सय सवारी साधन कार्वाहीमा परेका छन् । जसमा चार सय २४ बस कावार्हीबाट दुई लाख ३७ हजार पाँच सय राजश्व , ट्रकटिपर एक सय आठ कावार्हीमा परेको तथ्यांक छ । जसबाट ६३ हजार राजश्व संकलन भएको छ । ६ सय ७८ जिप तथा कार कावार्हीमा परेका छन् । जसबाट तीन लाख ६२ हजार पाँच सय राजश्व संकलन भएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।
त्यस्तै ट्याक्टर एक सय ७० कावार्हीमा परेका थिए जसबाट ९२ हजार राजश्व संकलन भएको हो । यसैगरी मोटरसाईकल नौ सय ७२ कावार्हीमा परेका थिए जसबाट पाँच लाख ५८ हजार पाँच सय राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए । अन्य ४८ कावार्हीमा परेका छन् जसबाट २८ हजार राजश्व संकलन भएको उनले बताए । पैलो चौमासीकमै सवारी साधन कार्वाहीबाट १३ लाख ४१ हजार पाँच सय रुपिँया राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । सवारी चालकको गल्ती अनुसार पाँच सय देखि १५ सय सम्म कावार्ही गर्दै आएको ट्राफिक प्रमुख सुवेदीले बताए । जिल्लामा नियमित चेकजाँचले सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरेको उनको भनाई छ । सवारी चालकलाई सजग बनाउने कार्य कार्यालयले अगाडी बढाएको उनले बताए ।
कस्ता परे त कार्वाहीमा
ट्राफिक कार्यालयले कागजपत्र साथमा नबोकेको, सिट क्षमता भन्दा बढी यात्रु बोकेको, मोटरसाईकलमा तीन जना लिएर हिडेका, हेलमेट नलगाएको जस्ता सवारी चालकलाई कार्वाही गरेको छ । आगामी दिनमा समेत सवारी दुर्घटना न्युनीकरणका लागि कडाईका साथ लाग्ने उनले बताए ।
अगिल्लो वर्ष ६ हजार चार सय ७५ सवारीसाधन कावार्ही
जिल्ला ट्राफिक कार्यालय प्युठानले अगिल्लो वर्ष ६ हजार चार सय ७५ सवारीसाधनका चालकलाई कार्वाही गरेको थियो । जसमा बस पाँच सय तीन, ट्रक टिपर ६ सय २६ ,जीपकार भ्यानबाट एक हजार ६ सय ९९ कार्वाही पाँच सय ३३ ट्याक्टर मोटरसाईकल दुई हजार नौ सय ५० टे«म्पो, टेलर गाडि लगाएत गरेर एक सय ६३ कावार्हीमा परेको जिल्ला ट्राफिक कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । यी सवारी साधन कार्वाहीबाट ३५ लाख सात हजार रुपिँया राजश्व संलकन भएको थियो ।
कमेन्ट गर्नुहोस !