शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

गाउँपालिकाको केन्द्रमै खानेपानीको समस्या


प्युठान ।
प्युठानको नौवहिनी गाउँपालिकाको केन्द्र बाहानेमा खानेपानीको अभाव छ । यस क्षेत्रका स्थानियहरुलाई लामो समयदेखी खानेपानी समस्याले पिरलेको छ । यस क्षेत्रका स्थानियहरु लेउसे खोलाको दुषित पानी पिउदै आएका छन् । गाउँपालिका भित्र रहेका आठ वटा वडाका स्थानीयहरुले खानेपानीको समस्या भोग्दै आएका छन् । अझ बढि समस्या त गाउँपालिकाको केन्द्रकै नागरिकले भोगेका हुन् ।
डेढ सय परिवार समस्यामा
बाहाने बजारका डेढ सय घरपरिवारले शुद्ध खानेपानी पाएका छैनन् । धमिलो पानी छानेर खाने गरेको कहरुले अहिले पनि दुषित पानिको भरमा बाच्नु परेको देखिन्छ । उद्योग वाणिज्य संघ नौवहिनी बजार इकालाका अध्यक्ष विष्णु बहादुर केसीका अनुसार लामो समयदेखी यस क्षेत्रका स्थानियबासीहरुले खानेपानीको समस्या भोग्दै आएको बताए । एक दसक पहिले पश्चिम नेपाल नामक संस्थाले खानेपानीको व्यवस्थापन गरेको भएपनि पछि सडक मर्मत गर्ने समयमा खानेपानीका पाईपहरुमा क्षेति पुगेका कारण यस्तो समस्या भोग्नु परेको उनले बताए । केही ठाउँमा भने उक्त संस्थालेनै व्यवस्थापन गरेको धाराको पानि पिउदै आएपनि यस क्षेत्रका स्थानियहरु भने खानेपानी नपाएको उनको भनाई छ । गाउँपालिका अध्यक्षलाई खानेपानी समाधानका लागि आग्रह गरेपनि सुनुवाई नभएको उनले बताए । एक घर एक धारा बनाउने भनिए पनि यहाँ हुन नसकेको उनले बताए ।

खोलाको पानी खान बाध्य
बाहाने बजारका स्थानियहरु अहिले नजिकको लेउसे खोलाबाट व्यक्तिगत लगानीमा पाईप विच्याएर आफु लगाएत अन्य नागरीकहरुले दुषित पानी पिउदै आएको उनले बताए । अर्का स्थानीय गोर बहादुर रानाका अनुसार अहिले सिजन भन्दा पनि वर्षायाममा बढि समस्या र धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको बताए । वर्षायामको समयमा धमीलो पानीकै कारण यहाँका नागरिकलाई विभिन्न प्रकारका रोग समेत लाग्ने गरेको उनको भनाई छ । पानी आफनो मुहान सम्म ल्याउनको लागि खुल्ला रुपमा पानी ल्याएका कारण बस्तुभाउले फोहोर गरिदिने समस्याका कारण दुषित हुने गरेको उनले बताए । केही वर्ष पहिले जिल्ला खानेपानी कार्यालयले खानेपानीको सम्भावना खोज्दै वडा नम्बर चारबाट पानी ल्याउने भनेपनि वडा बासीको अवरोधका कारण त्यो योजना सफल हुन नसकेको यहाँका स्थानियबासी बताउछन् ।
खोलाको पानी सफा नै देखिएपनि बर्खामा बिभिन्न बस्तुहरु मिसिएको धमिलै पानी पिउनुपर्ने बाध्यता रहेको गुनासो गरे । चुरेको फेदी भएर बग्ने भएकाले खोलामा हेर्दा पानी सफा देखिए पनि कतियपले खोलामै नुहाइधुवाइ गर्ने, बस्तुभाउ चराउने र मरेका वस्तुभाउ खोलामै कुहिने भएकाले प्रदूषित हुने गरेको उनिहरुले बताए । गाउँपालिकाले यसवर्ष भित्रै सबैको घरघरमा खानेपानीको धारा पु¥याईदिने भने पनि स्थानीयले अर्को वर्षसम्म भएपनि सफा पानी पिउन पाउने आशा गरेका छन् ।
डिपीआर गर्ने तयारी
बाहाने बजारमा खानेपानी पु¥याउनका लागि योजनाको डिपीआरको काम गर्ने तयारीमा रहेको गाउँपालिकाका योजना शाखा प्रमुख अविन्द्र बर्माले जानकारी दिए । यस वर्ष पालिकाले खानेपानी योजनाका लागि २० लाख रुपिँया बजेट विनियोजन गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top