
सागर रिजाल
प्युठान,२४ मंसीर ।
जिल्लाको गौमुखी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका दुर्गम बस्तीमा रहेका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उदेश्यले सामुदायिक स्वास्थ्य इकाईहरु सञ्चालन गरेको छ । स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्यको पहुँच पु¥याउने नेपाल सरकारले नीति लिए अनुसार गौमुखी गाउँपालिकाले पनि स्वास्थ्य इकाई सञ्चालन गरेको हो । पालिकाले यस वर्ष चार वटा स्वास्थ्य इकाई सञ्चालन गरेको छ । पालिकामा रहेका ६ वटा स्वास्थ्य चौकीमा सेवा लिन टाढा रहेका बस्तीहरुमा इकाई सञ्चालन गरिएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।
पालिकाले वडा नंम्बर ४ पुजाँमा दुई वटा स्वास्थ्य इकाई सञ्चालन गरेको छ । खलाचौर र बाग्लीवाङ बस्तीमा इकाई सञ्चालनमा आएको पालिकाका प्रेस सल्लाहाकार जोगीन्द्र मल्लले जानकारी दिए । त्यस्तै वडा नं २ अर्खाको ठूलाचौर र वडा नं ३ रजवाराको ढाडखानीमा पनि स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । पालिकाका विभिन्न वडामा सञ्चालनमा आएका स्वास्थ्य इकाईको उद्घाटन सम्बन्धीत वडाअध्यक्षहरु, पालिका अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्यका कर्मचारी लगाएतको उपस्थितीमा सुभारम्भ गरिएको थियो । पालिकाले अगिल्लो आर्थिक वर्षमा वडा नं १ अर्खामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको थियो । पालिकाले सबै सामुदायिक स्वास्थ्य इकाईमा एक जना अहेव र एक जना अनमी खटाएको छ ।
उद्घाटका क्रममा पालिका अध्यक्ष गिरीले सबै सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीले राहतको अनुभुति गर्ने बताए । स्वास्थ्य मानबसंग जोडिएको विषय बस्तु भएकोले पालिकाले यसमा ध्यान पु¥याएको उनले बताए । स्वास्थ्य ,शिक्षा ,खानेपानी ,यातायात विद्युत मानिसको अनिवार्य अवस्यकता रहेकाले पालिकाले यस क्षेत्रमा आफ्ना योजनाहरु अगाडी वढाएको उनको भनाई छ ।
दुर्गमका जनतालाई राहत
पालिकाले स्वास्थ्य इकाईहरु सञ्चालनमा ल्याएसंगै दुर्गम क्षेत्रका स्थानियलाई सहज भएको छ । सामान्य स्वास्थ्य उपचारकै लागि तीन घण्टासम्म पैदल हिड्ने यस क्षेत्रका जनताहरु स्वास्थ्य सेवा नजिकबाटै पाउन थालेपछि खुसी भएका छन् ।
नगरमा चार स्थानमा स्वास्थ्य केन्द्र सञ्चालन
प्युठान नगरपालिकाले पनि गत असारमा सबै क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउने उदेश्यले स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । प्युठान नगरपालिका १० पातीहाल्ना,वडा नं ४ मङराखोला, वडा नंम्बर २ जुडापाटा र वडा नंम्बर ७ को पुण्यखोलामा स्वास्थ्य केन्द्रमा सञ्चालनमा आएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । प्युठान नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ मा नगरक्षेत्रभित्र रहेका जनतालाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उदेश्यले घरदैलो अभियान सञ्चालन गरेको छ । नगरक्षेत्र भित्रका ६० वर्षभन्दा माथिका जनताहरु स्वास्थ्य सेवा लिन स्वास्थ्य केन्द्रसम्म आउन नसक्ने भएकाले उनीहरुलाई मध्यनजरगरि यो अभियान सञ्चालन गरिएको नगरप्रमुख कक्षपतिले जानकारी दिए । यहि साउनदेखी महिनाको १० दिन घरदैलोमा उपचार दिन जाने व्यवस्था मिलाईएको उनले बताए । यो अभियानले स्वास्थ्य सेवाको पहुँचमा नआएकोलाई सहयोग पुगेको उनले बताए ।
ऐरावतीमा पनि तीन स्थानमा इकाई
ऐरावती गाउँपालिका बरौलाले पनि सुगममै स्वास्थ्य सेवा दिने उदेश्यले तीन वटा वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । पालिकाले आर्थिक वर्ष ०७५÷०७६ मै वडा नं को माझिदमार, वडा नं २ माझकमीरे र वडा नं ३ कोलवाङमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको पालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !