
प्युठान
कफिको माग वढीरहेको बेला अहिले जिल्लाको दुर्गम क्षेत्र दाङवाङ कफि खेतिको लागि उर्बर थलो बन्दै छ । अमिली च्यानधनारा बस्तीमा एक जना यूवाले कफि खेति थालेपछि यो खेतिमा आकर्षण वढ्न थालेको हो । खुमप्रसाद बेलबासेले २०६९ सालदेखी कफि खेति गर्दै आएका छन् । ०६८ सालमा तालिम संगै विभिन्न जिल्लाको अवलोकन पछि उनले गाउँमा कफि खेति सुरु गरेका हुन् । प्रतिबोट रु १० का दरले एक सय बोटबाट कफि खेति सुरु गरेका बेलबासेको पछिल्लो समय कफि खेति बढको छ । अर्को वर्ष झिमरुक औद्योगिक एकिकृत विकास केन्द्रको सहयोगमा नर्सरी राखेर कफि उत्पादन गरेको बेलबासे बताउछन् ।
आठ रोपनी जग्गामा कफि खेति
बेलबासेले आफ्नै आठ रोपनी जग्गामा कफि खेति गर्दै आएका छन् । सुरुमा एक सय विरुवाबाट सुरु गरेका उनले हाँल एक हजार तीन सय कफिका विरुवा लगाएका छन् । उनले लगाएको कफि अहिले लटरम्म फलेको छ । अगिल्लो वर्ष तीन क्वीन्टल कफि उत्पादन गरेका उनले यो वर्ष अझ बढने बताए । कफि गाउँ संगै छिमेकी जिल्लाहरु अर्घाखाँची,गुल्मी लगाएतका जिल्लामा लगेर बेचेको बेलबासे बताउछन् । आदा केजीबाट बेच्न सुरु गरेका उनले उत्पादन वढेकोमा खुसी व्यक्त गरे । उनले प्रतिकेजी चार सय ५० रुपिँयामा बेच्दै आएका छन् ।
बार्षिक डेढ लाख आम्दानी
१० कक्षा सम्मको अध्ययन पुरा गरेका बेलबासेले सानैबाट कृषि पेशा अगालेका थिए । उनले गाउँमा केहि नमुना काम गर्ने उदेश्यले व्यवसायिक कफि खेति सुरु गरेको बताए । उनले कफि उत्पादनबाटै बार्षिक एक लाख ५० हजार रुपिँया आम्दानी गर्दै आएको बताए । बेलबासेले कफि उत्पादन संगै केराखेति, मौरीपालन, तरकारी खेति, गोरु,बाख्रा, भैसी पालन समेत गर्दै आएका छन् । उनले हाँल ५० घार केराखेति र १२ घार मौरीपालन गरेका छन् । उनले कफि खेतिबाट बार्षिक एक लाख ५० हजार र केराखेति,मौरीपालन,बाट बार्षिक एक लाख रुपिँया आम्दानी गर्दै आएको बताए । उनले काममा श्रीमती सारदा बेलबासेको सहयोग पाएको बताए । बेलबासे दम्पती विहान ६ बजे उठेर कफि संगै अरुको स्यारसुसारमा लाग्दछन् । गाउँमै एकमात्र नमुना खेति गरेका बेलबासे पछिल्लो समय यो पेशाप्रति सन्तुष्ट्रि भएको बताउछन् । कफि पाकेपछि काम वढछ्, यो बनाउन निकै कठिन हुन्छ उनी भन्छन्,–अरुको देशमा गएर पसिना बगाउनु भन्दा त सजिलो नै छ । ’ दुर्गम ठाउँमा भएपनि ईच्छा हुने हो भने काम गर्न सकिन्छ भन्ने उनी एक उदारणीय पात्र हुन् । ऐरावती गाउँपालिकामै उनी कफि उत्पादन पेशालाई निरन्तरता दिएका एक हस्ती हुन् । उनले कफि फुटकरमा समेत बेच्ने गर्दछन् । नजिकैको गाउँ बरौलासम्म पुगेर दानालाई पिसेर समेत गाउँमा खोज्नेलाई बेच्ने गरेको उनको भनाई छ ।
सिँचाईले चुनौती दियो
दुर्गम ठाउँ दाङवाङमा खानेपानीको अभाव छ । सिँचाई गर्ने पानी यहाँ पाईदैन् । बेलबासेलाई कफि खेति संगै अन्य तरबारी खेति उत्पादनमा सिँचाईले चुनौती दिएको छ । सिँचाई सुविधा हुने भए कफि उत्पादन बढने उनले बताए । उनले स्थानिय सरकारसंग सिँचाईका लागि पानीको माग गरेका छन् । गाउँमै बसेर स्वरोजगार बन्न खोजेकालाई टिकाउनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाई छ ।
कमेन्ट गर्नुहोस !