शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

फुर्सदमा घुम्ने ठाउँ “शहिद पार्क”


राधिका भुसाल
प्यूठान । प्यूठान नगरपालिका वडा नं. ४ गाँजुरीको शहिद स्मृति पार्कमा रहेको वाटर फाउन्टेन आन्तरिक पर्यटकका लागि फुर्सदमा घुम्ने ठाउँ बनेको छ ।
पछिल्लो समय शनिवारको दिन पारेर कर्मचारी विद्यार्थी र कुनै नयाँ पाहुनाहरुलाई घुमाउनको लागि वाटर फाउन्टेन आकर्षणको केन्द्र बन्दै गएको हो । वाटर फाउन्टेन निर्माण भएसंगै पर्यटक यहाँ फोटो तथा सेल्फी खिच्न आउन थालेको स्थानीय गोविन्द कार्कीले बताउनुभयो । पार्कमा घुम्न आउनेहरु बढिरहेको कार्की बताउँनुहुन्छ । ‘पानीको फोहरा हेर्न धेरै आउँछन् ।’ कार्कीले भन्नुभयो, ‘पार्क निर्माणपछि यस्ले प्यूठानकै पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका खेल्नेछ ।’शहिद स्मृति पार्कको डिपिआर तयार भई निर्माण कार्य अघि बढीरहेको पार्क निर्माण व्यवस्थापन समितका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।
डिभिजन वन कार्यालय प्यूठानको ५० लाख सहयोगमा पार्क स्थलमा वाटर फाउन्टेन र शहिदहरुको शालिक राख्ने संरचना तयार भएको न्यौपानेले जानकारी दिनुभयो । ‘२०७६÷०७७ मा पार्कमा करिब १ करोड ३० लाखको काम हुनेछ ।’ न्यौपानेले भन्नुभयो, ‘प्रवेश गेट, पिकनिक स्थल लगाएतका संरचनाहरु बन्ने छन् ।’ पार्क निर्माणका लागि प्रदेस सरकार र प्यूठान नगरपालिकाको समान ५० लाख र प्यूठान उद्योग वाणिज्य संघको ३० लाख बजेट खर्च हुने छ । ५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको शहिद स्मृति पार्कको लागत स्टिमेट करिब १४ करोड अनुमानित छ । पार्क निर्माणले प्यूठान नगरको ऐतिहासिक भित्रिकोट दरवारलाई समेत जोड्ने अपेक्षा छ । शहिद प्रति सम्मान र सामाजिक परिर्वतनमा जागरण ल्याउन पार्कले सन्देश दिने न्यौपानेको विश्वास छ । पार्कमा बालबालिकाहरुका लागी फन पार्क, प्रेम जोडीका लागि लभ पार्क, बार रेष्टुरेण्ट, चिडियाखाना, पुलपुलेसाहरु, भ्यू–टावर, जिम खाना, योगास्थल, लगाएतका संरचनाहरु बनाउने योजना रहेको पार्क निर्माण समितीले बताएको हो ।
पार्कस्थलमा व्यक्ति विशेषले पनि आफ्नो आफन्तको सम्झनामा प्रतिक्षालय, पानी धारा पर्यटकलाई सुविधा पुग्ने जुनसुकै संंरचनाहरु बनाउन सकिने व्यवस्था समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top