शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

लिफ्ट खानेपानीले पालुथानमा खुसीयाली छायो


प्यार अलि खाँन
लिफ्ट खानेपानीले पालुथानबासीहरुमा खुसीयाली छाएको छ । सरुमारानी गाँउपालिकाको वडा नं. ३ पालुथानमा बस्ती देखि करिब ५ सय मिटर तल रहेको पालुपधेँराको पानी लिफ्ट गरेर माथि ल्याएपछि वर्षौ अघिदेखिको खानेपानी समस्या समाधान भएको पालुपधेँरा लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हनिप मिँयाले बताए ।
आ.व ०७५÷०७६ मा गाँउपालिकाको ३५ लाख बजेट तथा स्थानीयबासीहरुको २० प्रतिशत जनश्रमदानमा खानेपानी योजना सम्पन्न भएको हो । एक घर, एक धारा पु¥याईएको अध्यक्ष मिँयाले बताए । “४ महिना अघिबाट खानेपानी खाईरहेका छौँ ।” मिँयाले भने, “खानेपानीको सहज आपुर्तिले स्थानीयहरुको दैनिकी समेत फेरिएको छ ।” ६० घरधुरीका करिब ३ सय ५० जनसंख्या प्रत्यक्ष रुपमा योजनाबाट लाभान्वित भएका छन् । विहान तथा साँझपख धाराहरुमा पानी छोड्ने गरिएको मिँयाले बताए ।
२५ घनमिटर क्षमताको २ वटा रिर्जव ट्याकींमा खानेपानी संकलन गरि पानी संचालन गरिएको छ । पम्प हाउस, ईनटेकको रेखदेख तथा महसुल उठाउन उपभोक्ता समितिले १ जना हेरालु समेत राखेको छ । “मासिक ७ हजार तलब दिएका छौँ ।” उपभोक्ता समितिका अध्यक्ष मिँयाले भने, “पलम्बरको साथै योजनाका सबै कामहरु गर्दै आएका छन् ।” खानेपानी डिभिजन कार्यालयले मुहान संरक्षणका लागि तारजाली गर्न १ लाख ९ हजार रुपैयाँ बजेट लगानी गरेको मिँयाले बताए । उपभोक्ताहरुले १० युनिट सम्मको मासिक २ सय रुपैयाँ र १० युनिट भन्दा माथि प्रति युनिट २० रुपैयाँ महसुल तिर्नुपर्ने समितिले जनाएको छ ।
उता गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले २०७७ भित्र पालिकाभर खानेपानीको सहज उपलब्धता सुनिश्चित् गरिने बताएका छन् । पालिकाकै गौरवको आयोजनाको रुपमा रहेको हंसपुर बृहत खानेपानी आयोेजनाको ७५ प्रतिशत संरचनाको काम यसै वर्ष सकिने अध्यक्ष विश्वकर्माले बताए । “यसै वर्ष हामी माडी नदीदेखि माथि बस्तीको आरबीटीसम्म जीआई पाईप जोड्छौँ ।” पालिका प्रमुख विश्वकर्माले भने, “आगामी वर्ष जनताको घर–घरमा पानी पु¥याईछोड्छौँ ।” वडा नं. २ ददेरीमा यसै वर्ष २ सय ८ घरधुरीमा एक घर, एक धारा योजना सम्पन्न गर्ने गरि काम भैरहेको समेत उनले बताए ।


“एक घर, एक धारा अन्तर्गत वडा नं. १ को झिलिबाङ र कालिबनमा यसै वर्ष खानेपानीका योजनाहरु सम्पन्न हुनेछन् ।” पालिका प्रमुख विश्वकर्माले भने, “खानेपानी समस्या समाधान गर्न बांगेसालमा ७९ वटा कुवा खनिएको छ ।” पालिकाका अन्य वडाहरुमा समेत खानेपानी योजनाका कामहरु तिब्रतर ढंगबाट अघि बढीहरेको अध्यक्ष विश्वकर्माले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top