
राधिका भुसाल
प्यूठान । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष जिवलाल न्यौपानेले राज्यलाई कर तिरेपछि राज्यबाट पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित नगराउनु पर्ने बताउनु भएको छ ।
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मल्लरानी गा.पा. ३ चुँजाठाटीको पाचौं अधिवेशन तथा ११ औं साधारण सभाका बोल्दै अध्यक्ष न्यौपानले भन्नु भयो–“स्थानिय तहलाई सहकारी हस्तान्त्रण गरेतापनि सहकारीलाई हेर्ने कुनै शाखा छैन, यो राज्य पुनःसंरचनाकै समस्या हो ।” सहकारी संघ संस्थाका समस्याहरु न्यूनिकरण गर्नका लागि सहकारी डिभिजन हुनु पर्ने उहाँले बताउनु भयो । शेयर सदस्यहरुको सकारात्म सहयोग बाटै सहकारी गतिविधि पारदर्शी र उपलब्धी मुलक हुने भएकोले शेयर सदस्यहरुले सहयोग गर्नु आग्रह समेत गर्नु भयो । सहरकारीहरुले ऋण लगानी गर्दा के कस्ता व्यक्तिलाई ऋण दिएका छौं भन्नु कुरा आकलन गर्ने नियमित रुपमा अनुगमन गर्नु पर्ने जरुरी रहेको उहाँले बताउनु भयो । “रकम बचत गर्ने र घरयासी खर्चमा मात्र ऋण लगानी गर्ने होइन” उहाँले भन्नु भयो–“ युवा पीडिलाई रोजगारी सिर्जना हुने गरी उत्पादनशील क्षेत्रमा लागनी गर्नु पर्छ ।” सहकारी, उद्योग वाणिज्य संघ र स्थानिय तहहरु बीच सहकार्य गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्दै बजारीकरणी गर्नु पर्ने उहाँले बताउनु भयो ।
प्रदेश सरकारमा अहिलेसम्म पनि सहकारी कार्य कहाँबाट गर्ने भन्ने कुरामा अन्योल रहेको सहकारी सञ्जाल मल्लरानी गा.पा.का अध्यक्ष टुक बहादुर रोकायले बताउनु भयो । “पुर्ण रुपमा सहकारीको कार्य कस्ले गर्ने भन्नु कुरा फाइनल भएको छैन”–रोकायले भन्नु भयो“ग्रामीण क्षेत्रमा रहेका सहकारीहरु अहिले ऐन अन्तरगत चल्न सक्नेकी नसक्ने भन्ने अन्योल रहेको छ ।” बचत गर्ने र ऋण लैजानको लागि मात्रै सहकारी आवद्ध हुने होइन सहकारीको माध्यमबाट आत्मनिर्भर हुनु पर्ने समेत उहाँले बताउनु भयो ।
२०६४ सालमा स्थापना भएको त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाले हाल १ करोड भन्दा माथि कुल पुजी तथा दायित्व रहेको सस्थाको प्रतिबेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष चक्रपाडी पौडलले सबै शेयर सदस्यहरुलाई जिम्मेवार भएर सहकारीको गतिविधि नियाल्न आग्रह गर्नु भएको छ । संस्थाको ११ औ मल्लरानी गा.पा. ३ का वडा अध्यक्ष गिरी राज पौडेल, लालि गुराँस बचत तथा ऋण स.स.लि. का सचिव गोपाल बहादुर थापा लगायतले आफ्नो धारणा राखेका थिए भने सचिव मोती पौडेलले प्रगति प्रतिवेदन , कोषाध्यक्ष दिनामणी पौडेलले आर्थिक र गंगाराम पौडेलले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सहकारी गत शैक्षिक सत्रमा भानुभक्त माध्यमिक विद्यालमा अध्ययनरत एसइइमा उत्कृष्ट अकं ल्याउने ५ जना विद्यार्थीलाई नगर सहित प्रमाणले सम्मान गरेको थियो ।
कमेन्ट गर्नुहोस !