
राधिका भुसाल
प्यूठान । ऐरावती गाउँपालिका वडा २ बरौला प्यूठानबाट स्वतन्त्र उम्मेदवार बनेका भिमेस घर्ती मगरले जनताको मागलाई सम्बोधन गर्दै आफुले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएको बताउनु भएको छ ।
“मतदाता तथा कार्यकर्ताहरुले स्वतन्त्रबाट भएपनि उम्मेदवारी दिनु पर्छ भन्ने दवाव सिर्जना गरे”– घर्तीले भन्नु भयो –“जुन हिसाव जनलहर आयो त्यसको सम्बोधन गरे हुँ ।” नेकपा ऐरावती गा.पा. २ वडा संगठन कमिटिको अध्यक्ष समेत समेत रहेको बताउने उहाँले जनताले दिएको विश्वासलाई आत्मसाथ गरी चुनावी मैदानमा होमिएको बताउनु भयो । पहिलो पनि आफुले उम्मेदवारी दिएको स्मरण गर्दै केही प्राविधिक कारणले पराजय भएपनि यस पटकको चुनाव जुत्ने निश्चित भएको उहाँले बताउनु भयो । वडावासीको जनताको विश्वसका साथ चुनावी मैदानमा पुग्नु भएका घर्तीले चुनाव पश्चात जनताको आवश्यकतालाई पुर्ण रुपले सम्बोधन गर्ने बताउनु भयो । शिक्षा, स्वास्थ्य, भौतिक संरचना निर्माण गर्दै विकासे कार्यलाई परदर्शी ढंगबाट अगाडी बढाउनुका साथै प्रशासनिक ढिला सुस्तीलाई समेत अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको घर्तीको दावी छ ।
चुनाव चिह् फरक भएका कारण जनताहरुलाई मतदाता शिक्षा प्रभावकारी तरीकाले दिनु पर्ने उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवार भिमेस घर्ती मगरको प्रतिद्धन्धीको रुपमा नेपाली कांग्रेसबाट भुपाल जिसी र राजमोबाट भक्त बहादुर वि.क चुनावी मैदानमा उत्रिएका छन् ।
कमेन्ट गर्नुहोस !