
प्युठान,३ मंसीर ।
गौमुखी गाउँपालिका– ४ पुजाँकी हुमा केसी गत असोज ८ गते मिनिल्याप गर्न जिल्ला अस्पताल विजुवार आईन् । २६ वर्ष पुगेकी हुमाले दुई वटा छोरा जन्मेपछि मिनिल्याप गराउन विजुवार आएको बताईन् । लामो समयसम्म श्रीमान संग भारतमा बसेकी हुमा केहि समय पहिले पुजा आएकी थिईन् । झिमरुक गाउँपालिका अन्र्तगत पर्ने टिमुरचौर गाउँमा बिहे भएकी हुमाको माईतीघर पुँजा हो । उनका श्रीमान यमबहादुर महतराले बच्चा पुग्यो अब बच्चा नजन्माउन मिनिल्याप गराएर माईतमा आराम गरे भनेपछि उनले मिनिल्याप गराउन सरकारी अस्पताल विजुवार आएको बताईन् । सरकारी अस्पतालमा परिवार नियोजन निशुल्क हुन्छ भनेर आएकी उनले शुल्क तिर्नुपर्यो । सुरुमा मिनिल्याप गराउने डाक्टरले दुईहजार रुपिँया लाग्छ भनेपनि उनले मिनिल्याप गराईसकेपछि पाँच हजार रुपिँया तिर्नुपर्यो ।
शिविर भएको भए निशुल्क गरिदिन्थ्यौ तर अहिले पैसा लाग्छ डाक्टर यहि भनेर पैसा लिएको हुमाले बताईन् । हुमाले आफ्नी जन्मदिने बुबा हेरमबहादुर खत्रीसंगै जिल्ला अस्पतालमा आएको बताईन्। अस्पतालमा निशुल्क हुन्छ भन्ने सुनेर भाडा मात्रै बनाएर आयौ, हुमाले भनिन,–‘तर पहिले दुई हजार र पछि पाँच हजार पैसा लिएपछि अचम्म परे ।’ बाग्दुलामा रहेका आफन्तीसंग मागेर पाँच हजार रुपिँया अस्पतालमा तिरेर आफु घर फर्किएको उनले बताईन् ।
पाँच हजार तिरिन हुमाले
हुमाको मिनिल्याप गराएपछि माईती गाउँ पुजा फर्किईन् । उनले पाँच हजार तिरेको गाउँमा फैलियो । घटना बाहिरिएपछि निशुल्क हुने धेरैले भने । म गरिब छु, उनले भनिन,–‘डाक्टरहरुले यसरी लुकाईछिपाई पैसा त लिनुभएननी ।
मिनिल्याब कार्यक्रम नभएकाले शुल्क लिएका हौँ ः अस्पताल
जिल्ला अस्पताल प्युठानमा मिनिल्याब कार्यक्रम नभएकाले कार्यालयले शुल्क लिएको जिल्ला अस्पताल प्युठानका निमित्त कार्यालय प्रमुख खिमप्रसाद पार्धेले जानकारी दिए । शिविरहरुमा निशुल्क भएपनि अस्पतालमा आउनेलाई शुल्क लिने गरेको उनले बताए । यो घट्ना बाहिर आएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखालाई जानकारी गराएको उनले बताए । महाशाखाबाट कार्यालयले ५ नंम्बर प्रदेशमा कार्यक्रमका लागि दाबी गर्न आग्रह गरेको निमित्त प्रमुख पार्धेले बताए । परिवार नियोजन सेवा निशुल्क हुने भएकाले लिएको शुल्क र्फिता गर्न लगाएको समेत उनले बताए ।
परिवार नियोजनका सेवाहरु निशुल्क हुन्छन् ः स्वास्थ्य कार्यालय प्रमुख
जनस्वास्थ्य सम्बन्धि सम्पूर्ण कार्यक्रमका साथै परिवार नियोजन सेवा तथा परामर्श सेवा सरकारी सरकारी स्वास्थ्य संस्थामा निशुल्क हुने व्यवस्था भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।
आलोचना भएपछि साँझ रकम फिर्ता
निशुल्क पाउनुपर्ने सेवामा पाँच हजार लिएको विषयमा आलोचना भएपछि गौमुखी गाउँपालिका ४ पुजाँकी हुमा केसीको परिवारलाई अस्पतालले रकम फिर्ता गरेको छ । जिल्ला अस्पताल प्युठानका निमित्त कार्यालय प्रमुख खिमप्रसाद पार्धेले साझ रकम फिर्ता दिएको बताए ।
कमेन्ट गर्नुहोस !