सागर रिजाल
प्युठान,३० कार्तिक ।
११ र १२ कक्षा सञ्चालनका लागि लगाइएको महायज्ञ विहिवार सम्पन्न भएको छ । रघुफेदि प्रतिमान निमा माबि मदाने १ अग्लुङ फेदि गुल्मीको आयोजनामा कार्तिक २२ गते देखी २८ गते सम्म संचालन भएको श्रीमभागबत पितृमोक्ष धनधान्ञ्चल सप्ताह बिरात ज्ञानमहायज्ञ २०७६ सम्पन्न भएको हो ।
बिधालय शैक्षिक स्तरउन्नती र थप कक्षा सन्चालनार्थ एब पितृमोक्षका लागी संचालन गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक केशव चन्द बोहोराले बताए । सो बिद्यालय माबि सन्चालन गर्न २०७० सालमा पुर्ब माननिय मन्त्री दिपक बोहोरा र श्रीमती बिजया केसिले स्वर्गिय बुबा आमा प्रतिमान बोहोरा र निमा बोहोराको नाममा नामाकरण गर्न ३५ लाखको अक्षयकोष खडा गरि पटक पटक गरि ४० लाख ५१ हजार सहयोग गरेको अग्निधर चन्द बोहोराले बताए ।
सो बिराट ज्ञान महायज्ञको उद्घाटन गुल्मीका प्रदेश सभासद क्षेत्र न २ का दिनेश पन्थी ,जिल्ला समन्वय समिति गुल्मीका संयोजक लक्ष्मण पराजुली, मदाने गाउँपालिका अध्यक्ष दान बहादुर के सि उपाध्यक्ष सरिता चन्द धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट ,मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापा, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरि ,उपाध्यक्ष तुलसी सुनार
लगाएतको उपस्थितीमा भएको थियो ।
समापन प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भएको थियो । समापनमा बोल्दै कक्षपतिले प्युठान र अग्लुङ्गफेदिको सम्बन्ध राम्रो भएको भन्दै विकास निमार्णमा सहयोगका लागि प्युठान जिल्लाको महत्वपुर्ण भुमिका रहने बताएका थिए । जुनसुकै क्षेत्रमा विकास हुनको लागि सुशासन र पार्दशिता आवस्यक रहेको बताए । एक हप्तासम्म सञ्चालन भएको महायज्ञले विद्यालय अभिवृद्धि गर्नको लागि ठुलो सहयोग पु¥याउने बताए । साथै उनले आफनो तर्फबाट महायज्ञमा १० हजार एक सय एक रुपिँया सहयोग गरेका थिए ।
एक हप्ता सम्म संचालन भएको महायज्ञमा बाल ब्यास नारायण न्यौपानेले कथा बाचन गरेका थिए । । भने सबै स्थानीयबासी र छिमेकी स्थानीय बासिन्दाहरुले सक्दो सहयोग गरेकोले आयोजकले धन्यवाद दिदै कलश प्रमाणपत्र फुलमाला अबिरले सम्मान गरेको हो । सो ज्ञानमहायज्ञमा करिब ३० लाख दान जम्मा भएको र स्थानीय गोपाल चन्दले सबै भन्दा धेरै दुई लाख २५ हजार पाँच सय ५५ रुपैया सहयोग गरेको र कार्यक्रम अबधीभर हजारौं श्रद्धालु भक्तजनले महायज्ञको अबलोकन गरेको कार्यक्रम संचालक अग्निधर चन्द बोहोराले बताए ।
कमेन्ट गर्नुहोस !