शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

‘हाम्रो एकता’ ‘क’ वर्गमा वर्गिकृत


राधिका भुसाल
प्यूठान । प्रेस काउन्सिल नेपालको वर्गिकरणमा हाम्रो एकता साप्ताहिक ‘क’ वर्गमा वर्गिकृत भएको छ ।
प्यूठानबाट २०६१ साल देखि नियमित रुपमा प्रकाशन हुंदै आएको पत्रिका हाम्रो एकता साप्ताहिक ‘क’ वर्गमा परेको हो । यस पत्रिका गत आ.व. २०७१ ।२०७२ साल देखि क वर्ग पर्दै आएको छ । यसै गरी प्यूठानबाट प्रकाशन हुने माण्डवी साप्ताहिक र आर्थिक प्यूठान मासिक ख वर्गमा परेका छन् । काउन्सिलले कात्तिक २८ गते प्रकाशित गरेको नतिजा अनुसार आ.व. २०७४ र ७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको हो । यसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका हुन । ३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ । वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिकरत्रैमासिक ११ र साहित्यिकरभाषिक ५६ रहेका छन् ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड –२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६र६र१४ मा पेश गरेको थियो । उक्त प्रतिवेदन समेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको छ ।
वर्गीकरण नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योगरपुनःमूल्याङ्कनको लागि शुरु दस्तुरको पच्चिस प्रतिशत शुल्कसहित १५ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुरसहित निवेदन दिन सक्ने व्यवस्था मिलाइएको काउन्सिलले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top