शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

राष्ट्रिय युवा संघ नेपाल प्युठानको संयोजकमा मगर र सहसंयोजकमा थापाको जिम्मेवारी


सागर रिजाल
प्युठान,२८ कार्तिक ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ। जस अनुसार प्युठान जिल्लाको संयोजकमा सुरज रोकामगर र सहसंयोजकमा विशेक थापाले जिम्मेवारी पाएका छन् ।
प्युठान नगरपालिका– ३ जुम्री रातामाटा घर भएका संयोजक मगर पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर, वाईसियल केन्द्रिय सदस्य एंव नेकपा नगरकमिटी सदस्य हुन् । त्यस्तै प्युठान नगरपालिका– ७ पुण्यखोला घर भएका सहसंयोजक थापा यूवा संघ प्युठान जिल्ला कोषाध्यक्ष हुन् ।

तस्बिर ःराष्ट्रिय युवा संघ नेपाल प्युठानको सहसंयोजकको जिम्मेवारी पाएका विशेक थापा
राष्ट्रिय यूवा संघ नेपालले संयोजक र सहसंयोजकको जिम्मेवारी पाएका व्यक्तिहरुसंग ३० गते केन्द्रीय समिति बैठक र मंसिर १ मा राष्ट्रिय भेला गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top