शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

कोलवांग भिरमा बोलेरो दुर्घटना ,एकको मृत्यु


सागर रिजाल
प्युठान, २८ कार्तिक ।
स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना शक्त घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । विहिवार विहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जान लागेको बोलेरो गाडी दुर्घटना भएको हो । मृतकको सनाखत हुन भईनसकेको स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायका स्वकिय सचिव रमेश पोख्रेलले जानकारी दिए । गाडी कोलवांग देखी करिब चार सय मिटर तल खसेको छ । घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिग्रीमा उपचार हुदैछ । डाईभर फरार रहेको र घटनाबारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top