शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा एक हप्तामा चार बालविवाह रोकिए


सागर रिजाल 
प्युठान, २६ कार्तिक ।
बालसञ्जाल र प्रहरीको सक्रियतामा प्युठानमा एक हप्ताको समयमा चार वटा बालविवाह रोकिएका छन् । उमेर नपुगेका तर विवाह गर्न लागेका जोडि रोकिएका हुन् । जिल्लाको ऐरावती गाउँपालिका वडा नंम्बर ४ छापका १९ वर्षिय यूवक र मल्लरानी गाउँपालिका वडा नं ५ घोरथापकी १७ वर्षिय बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । स्थानियले बालसञ्जालका प्रतिनीधिलाई खबर गरेपछि प्रहरिको उचित सल्लाह अनुसार बालिकाको अभिभावकले उमेर नपुगी हुन लागेको बालविवाह रोकिएको हो ।
त्यस्तै ऐरावती गाउँपालिका–४ धुवाङका २४ वर्षिय यूवक र सोही वडा तिग्रापातलकी १७ वर्षिय बालिकाविच हुन लागेको बालविवाह पनि प्रहरीले रोकेको छ । बालविवाह हुन लागेको थाहाँ पाएपछि कैरन प्रहरी चौकीको समुहले उक्त बालविवाहलाई रोकेको जिल्ला बालसञ्जाल प्युठानले जनाएको छ । स्वर्गद्धारी नगरपालिका –४ गोठीवाङमा पनि यसै हप्ता बालविवाह रोकिएको छ । यस ठाउँमा १७ वर्षिय युवक र सोहि नगरपालिका अन्र्तगत ९ नं वडा सिम्लेकी १७ वर्षिय बालिका विच हुन लागेको बालविवाह रोकिएको हो ।
प्रहरी र बालसञ्जालकै सक्रियतामा माण्डवी गाउँपालिका–५ जुजुनेटामा पनि बालविवाह रोकिएको छ । बालविवाह हुन लागेको थाहाँ पाएपछि प्रहरी उक्त स्थानमा पुगि विवाह रोकेको हो । जुजुनेटाका २१ वर्षि यूवक र प्युठान नगरपालिका १ की १८ वर्षिय बालिका विच हुन लागेको विवाह प्रहरीले रोकेको जिल्ला बालसञ्जाल प्युठानकी अध्यक्ष मिना सुनारले बताईन् ।
नेपालको कानुन बमोजिम २० वर्ष नपुगी कसैले पनि विवाह गरे गराएमा तीन वर्ष कैद र तीस हजार जरिवाना छ । यस्तो व्यवस्था हुदाहुँदै पनि साविक जिल्ला बालकल्याण समितिको तथ्यांक २०७२ अनुसार जिल्लामा ४५ प्रतिशत बालविवाह रहेको थियो । जिल्ला बालसञ्जाल प्युठान, बालकल्याण समिति , प्रशासन ,प्रहरी, कालिका विकास केन्द्र तथा सेभ द चिल्डे«न , स्थानिय तह , बालक्लब तथा बालसञ्जालहरु तथा स्थानिय जनप्रतिनीधिको सहायतामा बालविवाह रोक्ने काम भईरहेका छन् । ०७२ को तथ्यांकभन्दा बालविवाह घट्दो क्रममा रहेको देखिन्छ ।
दुई वर्षको अवधीमा ५८ बालविवाह रोकिए
विगत दुई वर्षदेखी जिल्लामा ५८ जोडी बालविवाह रोकिएका छन् । जिल्ला बालसञ्जाल प्युठान, स्थानिय तहका बालसञ्जाल, क्लब र प्रहरीको सक्रियतामा बालविवाह रोकिएको जिल्ला बालसञ्जाल प्युठानकी अध्यक्ष सुनारले बताईन् ।
सम्बन्धित पक्षले ध्यान दिएन ः अध्यक्ष सुनार 

जिल्लामा बालविवाह भएको जानकारी कार्यान्वयन पक्षलाई दिदा सम्बन्धित पक्षले ध्यान नदिएको बालसञ्जाल अध्यक्ष सुनार बताउछिन् । हामी बालवालिका स्वयंम आफै कार्यान्वयनको पक्ष होईनौँ , उनले भनिन,–‘ हामी सुचनाको माध्यममात्र हौँ । ’ यस तर्फ सम्बन्धित निकायले सहयोग गर्नुपर्छ । आफ्नो कार्यकालमा जिल्लालाई बालविवाह, बालहिंसा, ,बालश्रम, बालदुव्र्यवहार जस्ता बालवालिकासंग प्रत्यक्ष रुपमा असर गर्ने कुराहरुलाई न्युनीकरण गर्दै अबको तीन वर्ष भित्र बालमैत्री प्युठान बनाउन अभियानमा आफु अगाडी वढेकोले सबैको सहयोगको अपेक्षा गरेको सञ्जालकी अध्यक्ष सुनारले बताईन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top