
प्यार अलि खाँन
नेपालीहरुको प्रवित्ति गलत हुँदा रोजगारी सिर्जना हुन नसकेको प्रदेस नं.५ का सांसद हरिप्रसाद रिजालले बताएका छन् । आफ्नै देशमा श्रम गर्न लजाउने तर विदेशमा तल्लोस्तरको काम पनि गर्न पछि नपर्ने नेपाली प्रवित्ति तथा संस्कारप्रति रिजालले चिन्ता व्यक्त गरे । सनिबार सम्पन्न सानाकिसान कृषि सहकारी संस्था लि. सरुमारानी बांगेसालको २१ औँ वार्षिक साधारण सभाको प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद रिजालले भने, “स्वदेशमा श्रम नगर्ने युवा जनशक्तिले विकसित मुलुकमा सौचालय सफा गर्नपनि पछि पर्दैनन् ।” शिक्षित युवा जमातले कृषि तथा पशुपालन लगाएत आयआर्जनका विभिन्न क्षेत्रमा श्रम नगर्ने परिपाटिको विकास हुँदै जाँदा स्थानियस्तरमै रोजगारीको सिर्जना हुन नसकेको सांसद रिजाले औल्याए । प्रदेस सरकारको विशेष प्राथमिकतामा कृषि तथा पशुपालन रहेको उनले बताए । खाली रहेको खेतियोग्य जग्गामा कृषि गर्न प्रदेस सरकारले जग्गाको भाडामा ७५ प्रतिशत बेहोर्ने नीति रहेको उनले सुनाए ।
साधारणसभामा विशिष्ट अतिथि रहेका सरुमारानी गाँउपालिकाका गाँउ सरकार प्रमुख झगबहादुर विश्वकर्माले सहकारीहरुसंग स्थानीय सरकार आवस्यक सहकार्य र समन्वय गर्न सधैँ तयार रहेको बताए । गाँउपालिकाको समृद्धिको आधार कृषि तथा पशुपालननै भएकाले सहकारी तथा स्थानीय सरकारले उत्पादनमा बृद्धि ल्याउन साझा संकल्पका साथ अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष विश्वकर्माले बताए । “पराम्परागत खेतिपाती होईन अब आधुनिक प्रविधिसंगै जोडिनु पर्दछ ।” गाँउपालिका अध्यक्ष विश्वकर्माले भने, “किसानसंग गाँउसरकार कार्यक्रमलाई अझ परिस्कृत तथा व्यवस्थित गर्दै अघि बढाईनेछ ।”
प्रदेस नं. ५ कै उत्कृष्ठ सहकारी मध्येको एक सानाकिसान कृषि सहकारीले आ.व ०७५÷०७६ मा ३४ करोड ८३ लाख ६२ हजार ६ सय ६४ रुपैयाँ बराबरको आय–व्याय प्रस्तुुत गरेको संस्थाका वरिष्ठ प्रवन्धक निमराज आचार्यले बताए । सहकारीको शेयर पुजी २ करोड ७१ लाख ६६ हजार रुपैयाँ, निशेप बचत रकम तर्फ ६ करोड ३२ लाख २३ हजार रुपैयाँ छ भने सहकारीले २० करोड ३१ लाख ७७ हजार रुपैयाँ ऋण लगानी गरेको आचार्यले जानकारी दिए ।

८५३ सदस्य संख्या रहेको सहकारीले व्यवसायिक योजना निर्माण गरि आगामी तथा चालु वर्षको भावीयोजना तथा कार्यक्रमहरु गर्ने लक्ष्य लिएको संचालक समितिका अध्यक्ष टंक बहादुर जिसीले बताए । संस्थाले कृषि व्यवसाय संचालन गर्ने सदस्यहरुलाई सुलभ व्याजमा कृषि कर्जा, पशुपालन कर्जा, अर्गानिक तरकारी खेति कर्जा र गा्रमिण स्वालम्बन कर्जा ऋण प्रदान गर्ने योजना रहेको अध्यक्ष जिसीले बताए । बाख्रापालनमा ३० भन्दा बढी माँउ बाख्राको संख्याँ पु¥याउने सदस्यलाई २५ हजार पुुरस्कार दिने व्यवस्था समेत मिलाईएको छ । संस्थाले पशुविमा कार्यक्रम, घाँस विकास खेती कार्यक्रम, दुग्घ चिस्यान केन्द्र, पशु स्वास्थ्य सिविर संचालन र पशुनस्ल सुधार कार्यक्रमलाई बोका वितरण कार्यक्रम राखिएको अध्यक्ष जिसीले बताए । सहकारीले कृषि तथा पशुपालन कार्यलाई जोखिम मुक्त बनाउन एंव व्यवसायलाई सफलता प्रदान गर्न कृषि तथा पशु प्राविधिक मार्फत कृषकहरुको घरदैलोमा सेवा पु¥याईने लगाएत विभिन्न आर्कषक स्किमका योजना समेत समेटेको छ ।
कमेन्ट गर्नुहोस !