शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

माण्डवीमा निशुल्क आँखा शिविर, एक सय ५० जना जेष्ठनागरिकले पाए सेवा


सागर रिजाल
प्युठान,२५ कार्तिक ।
माण्डवी गाउँपालिकाको वडा नं २ मर्कावाङ्ग र वडा नंम्बर ४ उदयपुरकोटमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । माण्डवी गाउँपालिकाको आयोजना एंव प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार र किड्स नेपालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
कार्तिक २४ र २५ गते सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा ६० वर्षभन्दा माथिका एक सय ५० जना जेष्ठ नागरिकहरूले सेवा लिएका छन् । शिविरमा जेष्ठ नागरिकहरुको निशुल्क रुपमा ब्लड, सुगर जाँच, खकार परिक्षण को लागि नमुना संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धुव्र पोख्रेलले जानकारी दिनुभयो । नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी ईन्चार्ज डां सुजता भण्डारीको अस्पताल व्यवस्थापन सदस्य मेघबहादुर अधिकारीको उपस्थितीमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा आँखा परिक्षण गराएका मध्य मोतियाबिन्दुको निशुल्क अपरेशन कार्तिक २७ र २८ गरिने स्वास्थ्य संयोजक पोख्रेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top