शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

नारिकोटका यूवाले पनि गरे भारतविरुद्ध विरोध


सागर रिजाल
प्युठान,२२ कार्तिक ।
युवा संघ नेपाल गौमुखी गाउँपालिका ७ नारिकोटका युवाले शुक्रवार नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगाएतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोेध प्रदर्शन गरेका छन् । यूवाहरुले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।
भारतिय बिस्तारवाद, मुर्दावाद लगायतका नारा प्रदर्शन गरि यूवाहरुले विरोध जनाएका थिए । राजनीतिक मुद्धा नभई देशको माटो जोगाउने पक्षमा यस क्षेत्रका यूवाहरु एकजुट भई विरोधमा उत्रिएका थिए । नेपालका सिमाहरु समयसमयमा भारतले मिच्न लागेपछि स्थानियस्तरबाट समेत यसलाई जोगाउन यूवाहरुले आवाज उठाएको नारिकोटका यूवा विकास गुरुङले बताए । नाकामा बसेका यूवासाथीहरुले उही क्षेत्रबाट नेपालको भूमि जोगाउन अग्रसर हुनुभएको छ सोही अनुसार हामी नेपाली भूभाग जोगाउन जुटेको उनले बताए ।
यूवाहरु जुटेपछि सबै कुरा सम्भव भएकाले नेपाली भूभागलाई जोगाउन सदैव अग्रसर हुनुपर्नेमा गुरुङले जोड दिए । सिंगो देशको रक्षाका लागि सबै नेपाली यूवाहरु एकजुट हुनुपर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top