शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा एक व्यक्ति मृत फेला


प्युठान,२१ कार्तिक ।
प्युठानमा एक व्यक्ति मृत अवस्थामा पेला परेका छन् । १६ कार्तिकदेखि परिवारको सम्पर्कमा नरहेका स्वर्गद्वारी नगरपालिका ६ बेल्बास निवासी गुरु प्रसाद कालाथोकी पाँच दिनपछि बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

७४ वर्षीय कालाथोकी माण्डवी गाउँपालिका ३ जोइटोलाको माडी खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

कालाथोकीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई जिल्ला अस्पताल प्युठानमा पोष्टर्माटमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top