शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा भारतविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन


सागर रिजाल
प्युठान,२१ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू प्युठानले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगाएतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोेध प्रदर्शन गरेका छन् । अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।
अनेरास्ववियू केन्द्रिय स्तरका विद्यार्थी नेता, जिल्ला स्तरका विद्यार्थी नेता र स्वर्गद्धारी क्याम्पसमा अध्यययन विद्यार्थीहरुको उपस्थितीमा विरोध प्रर्दशन गरिएको हो । भारतले एकहप्ता पहिले नेपालका यी भुभागहरुलाई आफ्नो भूमिमा मिसाएपछि हाम्रो विरोध प्रदर्शन गरिएको विरोध पछिको कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज सुमन श्रेष्ठले बताए । हामी विद्यार्थीहरु यी भुभागलाई बचाउँने अभियानमा जुटेका छौँ, उनले भने,–‘यदि रगत बगाउन परे पनि तयार छौँ तर भूमि गुमाउन्नौ ।’ हाम्रा आन्दोलनले धर्मनिरपेक्षता, गणतन्त्र जस्ता परिवर्तनहरु भएको स्मरण गर्दै विद्यार्थी नेता श्रेष्ठले भारतले आफ्नो नक्सामा पारेमा यी भूमिहरुलाई जोगाउन विद्यार्थीहरु आन्दोलनमा होमन पनि तयार रहेको बताए ।


नेपाल सरकार पनि यो समयमा यी भूभागहरु जोगाउन तयार हुनुपर्ने उनले बताए । आवश्यक परे विद्यार्थीहरु गुमाईएका क्षेत्रमा जान्छौँ श्रेष्ठले भने । आज युवा विद्यार्थीहरु देशको माटोको पक्षमा विरोधका कार्यक्रमहरु गरिरहेको समेत उनले बताए । वैदेशिक हस्तक्षेपका विरोधमा आवश्यक परे लड्न, रगत बगाउन तयार छौँ, यूवा विद्यार्थी नेता श्रेष्ठले भने ,–‘हाम्रो भूमि मासिन दिदैनौ ।’

त्यस्तै अनेरास्ववियुका केन्द्रिय सदस्य एंव जिल्ला ईन्चार्ज विनोद भण्डारीले हाम्रो संगठनले कुनै स्वार्थ लिएर आन्दोलन नगरेको बताए । उनले भने,–‘नेपालको सिमाहरु जेगाउनलाई यी आन्दोलन गरेका हौँ । ’ यो आन्दोलनलाई आम नागरिकले सहयोग गर्नुपर्ने समेत उनले बताए । धेरै पटक भारतले नेपाललाई सानो बनाउन धेरै क्षेत्रहरु अतिक्रमण गरेको स्मरण गर्दै यस्ता काम प्रति हाम्रो गम्भिर आपत्ति भएको उनले बताए । हाम्रो आन्दोलन मार्फत भारतलाई नक्सा सच्चाउन समेत आग्रह गर्ने र नसच्चाय केन्द्रिय कार्यक्रम अनुसार आन्दोलनले चर्को रुप लिने समेत भण्डारीले बताए । भारतले नक्सा नसच्चायमा भारतले आफ्नो नक्सामा राखेका ती क्षेत्रहरुमा गई नेपालको झण्डा फैलाउने समेत भण्डारीले बताए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top