बिहिबार, बैशाख १३, २०८१ | Thursday 25th April 2024

कृषि, पर्यटन र उर्जा प्युठानको चिनारी


प्युठान,५ कार्तिक ।
अनेक विशेषता बोकेको प्युठान समृद्धिको प्रशस्त सम्भावना बोकेको क्षेत्र मानिन्छ । प्राकृतिक स्रोतको उपयोग गर्दै कृषि, पर्यटन र उर्जाको विकासमा ध्यान दिए प्युठान मुलुककै नमुना जिल्ला बन्ने देखिएको छ । तर,यी पर्याप्त पूर्वाधार भएर पनि सदुपयोग नहुँदा यसले विकासको गति लिन सकेको छैन । ठोस नीति बनाएर यी क्षेत्रमा लगानी गरे जिल्लाको सम्पन्नताका लागि आधार हुने सम्बद्ध क्षेत्रका जानकारहरु बताउँछन् । कृषिले उकासिएको जीवनस्तर, जातीय र साँस्कृतिक विविधता, पर्यटन तथा जलविद्युतको प्रचुर सम्भावना, औद्योगिक विकासमा चासो अनि मुलुकमै धेरै कम्युनिष्ट्र नेताको जन्मथलो जिल्लाको चिनारी हुन् ।
चर्चा अल्लोको
कृषि उपज तथा हस्तकलाका स–साना ब्राण्डहरु स्थानीय आय,उद्यमशील्ता, रोजगारी र समृद्धिका श्रोत बनेका छन् । यी उद्यमले उनीहरुलाई आत्मनिर्भर बनाएको छ । उनीहरुद्धारा उत्पादित दर्जनौ सामाग्री जिल्लाको चिनारी बनेका छन् ।स्याउलीबाङ्गको अल्लो, खलंगाको बाघमुखे चुलेसी र मरण्ठानाको हर्वल सावुन जिल्लाको ब्राण्ड बनिसकेको छ । पर्यटकले यहाँ उत्पादित सामाग्री कोसेलीका रुपमा लैजान थालेको उद्यमीहरु बताउँछन् । सजावटका लागि बाघमुखे चुलेसी, अल्लोबाट निर्मित झोला, टोपी, मोवाइलका कभरका साथै स्थानीय श्रोत र साधनबाट उत्पादित हर्वल सावुन देशका बिभिन्न शहर सहित बिदेशी बजारमा समेत रुचाउन थालिएका छन् ।
जिल्लाको उत्तरी क्षेत्र अर्खा, रजवारा, स्याउँलीवाग र ओखरकोटमा अल्लो उत्पादन हुन्छ । हाँल जिल्लाभर ८० जनाको हाराहारीमा अल्लो उद्यमी रहेका छन् । जसमध्ये महिला उद्यमीको संख्या बढाइरहेको छ । तथ्यांकअनुसार जिल्लाबाट मासिक झण्डै १५ लाखको प्रशोधित अल्लोको धागोसहित बिभिन्न सामाग्री निर्यात हुन्छ । उद्यमीहरुले सँकलन गरेको अल्लोको प्रशोधित धागो बिदेशी बजारमा पु¥याउन आफुले सहयोग गर्ने कोठी हिमाल अल्लो उद्योगकी सञ्चालिका चित्रकली बुढाले बताउनुभयो ।

चुलेसी बन्यो पहिचान
प्युठानी बाघमुखे चुलेसी पनि यहाँको अर्को पहिचान हो । तरकारी काट्ने औजार र सजावटका लागि यसको प्रयोग गरिन्छ । तर, यसको प्रवद्र्धन र प्रोत्साहनमा ध्यान पुग्न सकेको छैन् । बजारमा चुलेसीको माग बढि छ । खलंगास्थित बुढाचौरमा यसको प्रवद्र्धनका लागि साझा सुविधाकेन्द्र खोलिएको छ ।
नमुना साबुन
प्युठानी कृषक र उद्यमीहरुले आफनो उत्पादनलाई लोभलाग्दो ब्राण्डका रुपमा स्थापित गरिरहेका छन् । जिल्ला चिउरीको साबुनमा पनि उत्तिकै चर्चित छ ।मरन्ठानाको झिमरुक हर्वल साबुन उद्योगद्धारा उत्पादित साबुन जापान निर्यात भइरहेको छ । मरन्ठानाकी दुर्गा केसीले सञ्चालन गरेको उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योग मध्यको एक हो ।
चिउरीबाट कस्मेटिक सामाग्री, जैविक बिषादी, आयुर्वेदिक औषधी, वनस्पती घिउ आदि बनाउन सकिन्छ । चिउरी खेतीलाई बिकास गर्न सक्दा वर्षको आठ महिना मौरी चरण बन्छ । यहाँ मौरी पालन फस्टाउँदो छ । जिल्लाको स्याउलिबाङमा रातो मुलाको पनि व्यवसायिक उत्पादनलाई कृषकहरुले निरन्तरता दिइरहेका छन् ।

पर्यटनको खानी
प्युठान धार्मिक पर्यटनका लागि पनि उत्कृष्ट स्थान मानिन्छ । यहाँको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्धारी हो । पर्यटनको क्षेत्रमा जिल्लामा थुप्रै सम्भावना छन् । स्वर्गद्वारीदेखि सरूमारानी लेकमा भ्यू टावर, धार्मिक एवं मनोरम पर्यटकीयस्थल गौमुखी, ऐरावती, झाँक्रीस्थान, भित्रिकोट दरबार, धर्मावतीको गुफा, कालिका मन्दिर, जालपास्थान, गोरखपुरे भीर, ओखरकोट, तुषाराको स्नाथान, दिहाल्नचौर र लुङको ऐतिहासिक रिजाल बन्धुको कुलपूजा पर्यटन क्षेत्रका प्रमुख गन्तव्य हुन् । लुम्बिनी–स्वर्गद्वारी, गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटनको विकास गरी यस क्षेत्रको विकाससमेत गर्न सकिने प्रशस्त सम्भावना छ । बाह्रै महिना सिचाई हुने उर्वरभुमी झिमरुक फाँटदेखि जलाशययुक्त नौमुरे जलबिद्युत परियोजना प्युठानको आर्थिक समृद्धिका श्रोत हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top