शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्यूठानमा व्यवसायीक फुल खेती, तिहारमै दुइलाख आन्दानी गर्ने अपेक्षा


०४ कात्र्तिक । राधिका भुसाल
प्यूठान । प्यूठान नगरपालिका २ जुम्रीमा व्यवसायीक फुल खेती सुरु भएको छ । प्यूठान जिल्लालाई फुलमा आत्मनिर्भर बनाउने उदेश्यताका साथ फुलखेती गर्न थालेको राधा अधिकारीले बताउनु भयो ।
‘सामान्य मञ्च कार्यक्रममा समेत जिल्ला बाहिरबाट फुल किन्नु पर्ने समस्या छ’– सञ्चालक अधिकारीले भन्नु हुन्छ–‘हाम्रो मुख्य लक्ष्य भनेकै प्यूठान जिल्लालाई फुलमा आत्मनिर्भर बनाउनु हो ।’ सयपत्री फुल अभावका कारण तिहारमा प्लाष्टिकको झिलिमिली माला लाउनु पर्ने वाध्यतालाइ अन्त्य गर्दै मञ्च कार्यक्रम देखि विबाह वर्तवन्ध, पुजापाठ लगायतका कार्यक्रममा माग अनुसार फुलमाला पु¥याउने उदेश्यका साथ पुष्प व्यवसायमा होमिएको उहाँले बताउनु भयो । ५ लाख लगानीबाट करिब डेढ वर्ष यता दुइ दिदी बहिनीले सामुहिक रुपमा सौन्दर्य पुष्प कृषि नर्सरी सञ्चालन गर्दै आउनु भएको छ । वार्षिक ४० हजार तिर्ने गरी ५ रोपनी जग्गा भाडामा लिएर नर्सरी सञ्चालन गरेको रेखा खत्रीले बताउनु भयो । ‘तिहारलाई लक्षित गरी १५ हजारको फुलका विरुवा खरिद गरेका थियो’–खत्रीले भन्नु भयो–‘ फुलमालाको माग अत्याधिक छ, माग अनुसार पु¥याउनै सकिदैन होला ।’ वुटवल गुप्ता नर्सरी, काठमाण्डौ कुमारी नर्सरी र भारतबाट समेत फुलको विउ आयात गरेको खत्रीले बताउनु भयो । उहाँहरुको यो सिजनमा करिब २ लाख बराबरको आम्दानी गर्ने लक्ष्य समेत रहेको छ । एउटा माला बराबरको फुल किन्नेहरुलाई १ सय २० रुपैयामा दिने गरेको बताउदै यदी माला नै बनाउन परेमा एउटा मालाको १सय ५० रुपैया लिने गरेको उहाँको भनाइ छ ।
सरदर मासिक ५० हजार आम्दानी गर्दै आएको बताउने उनीहरुले आफू व्यवसायबाट सन्तोषजनक रहेको बताउछन् । लगानी अनुसारको आम्दानी गर्न सफल भएकोमा खुसी पनि छन् । नर्सरीमा फुल्ने फुल अन्तरगत सयपत्री, मखमली, बेगनीया, जेरेनीयम, गुलाव, लालुपाते, सालवीया, ढालिया, केमेलिया, सिउडी फुल, कार्मिस, इन्द्रकमल लगायतका फुल रोपिएको छ भने आउट डोर तथा इनडोरको लागि आवश्यक पर्ने सो प्लान्ट (नफुल्ने फुल) किस्मष्ट्री, धुपी, लक्की बेम्बो, स्वामी लगायतका फुलका विरुवा लगाएको छ ।
फुल फुल्दै, तरकारी बेर्ना हुर्किदै

उहाँहरुको नर्सरी झट्ट हेर्दा सामान्य जस्तो देखिएपनि त्यसभित्र मौसमी तथा बेमौसमी तरकारीमा बिरुवा, तरकारी उत्पादन र फुल खेती गर्नु भएको छ । ५ वर्षको सम्झौता गरेको ५ रोपनी जग्गा अहिले अपुग भैरहेको हुंदा पाएसम्म जग्गा थप गर्ने सोच गरिरहेको उहाँहरुको भनाइ छ । तरकरीको बेर्ना किसानको माग अनुसार पु¥याउन धै धै भएको सञ्चालक राधा अधिकारीले बताउनु हुन्छ । ‘ बजारीकरणका लागि हामीलाई कुनै समस्या परेको छैन’–अधिकारीले भन्नु भयो–‘किसानहरु तरकारीको बेर्ना खोज्दै यही आउनु हुन्छ’– आफुहरुले उत्पादन गरेको विउ, बिर्ना तरकारी होस् या फुलमाला सबै नर्सरीबाटै विग्री हुने गरेको उहाँको भनाइ छ । अहिले सम्म करिब ८ लाख भन्दा बढि नर्सरीमा लगानी गरेको उहाँले बताउनु भयो ।
फुल खेतीमा प्रदेश सरकारको सहयोग
फुल खेती सञ्चालन गर्नासाथ प्रदेश नं. ५ कृषि मन्त्रालयबाट ४ लाख अनुदान रकम पाएको अधिकारीले बताउनु भयो । त्यस्तै प्यूठान नगरपालिकाले पनि १ लाख ३५ अनुदान रकम सहयोग गरेको जानकारी दिनु भयो । ‘जिल्लाको आवश्यकतालाई मध्य नजर गर्दै नयाँ व्यवसाय सुरु भएको छ’– प्यूठान नगरपालिका प्रमुख मेयर अर्जुन कुमार कक्षपतिले भन्नु भयो–‘स्वरोजगार सिजर्ना हुनुका साथै जिल्लाको माग अनुसारको व्यवसाय सञ्चालन भएकोले नगरपालिकाले सक्दो सहयोग गर्नेछ ।’ 
दुइजनाले दैनिक बिहान ७ बजे देखि १२ बजे र दिउसो २ बजे देखि साँझ ६ बजे सम्म नर्सरीमा समय विताउने गरेका छन् । तरकारीको विउ विजन तथा आवश्यक पर्ने विषादी समेत जिल्ला भित्रकै एग्रोभेटबाट खरिद गर्ने गरेको उनीहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top