
सागर रिजाल
प्युठान,४ कार्तिक ।
जे.पि.के. प्रोडक्सन मिडिया हाउस लमही नगरपालिका– ५ दाङको आयोजनामा प्युठानमा Dance Pyuthan Dance प्रतियोगिता आयोजना गरिदैँ छ । यहि कार्तिक १६ गतेदेखी नृत्य विधामा जिल्लाका विभिन्न ठाउँमा यो कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । सोमबार उक्त संस्थाले पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रम गर्न लागेको जानकारी गराएको थियो । गाउँठाउँमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनु संगै कलाकारिता क्षेत्रमा अगाडी वढ्ने व्यक्तिहरुलाई लक्षित गरेर यो कार्यक्रमको आयोजना गरिएको मिडिया हाउस सञ्चालक सुरेश पन्थीले बताए । उनले भने,–‘कला, संस्कृति र भेषभुषालाई जोगाउनका लागि यो प्रतियोगिताले सहज बनाउने आशा लिएका छौँ । ’
विभिन्न ठाउँमा प्रतियोगिता
मिडिया हाउसले जिल्लाका विभिन्न स्थानमा उक्त प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको छ । हाउँसका सञ्चालक पन्थीका अनुसार कार्तिक १६ गते सरुमारानी गाउँपालिका–२ दर्भान,कार्तिक २३ गते ऐरावती गाउँपालिका –२ बरौला , कार्तिक ३० गते ः मल्लरानी गाउँपालिका–४ खंलगा ,मंसिर ७ गते प्युठान नगरपालिका–८ बाग्दुला , मंसिर १४ गते माण्डवी गाउँपालिका–३ जस्पुर र मंसिर २१ गते प्युठान नगरपालिका–४ जुम्रीमा प्रतियोगिताको आयोजना गरिएको छ । मिडिया हाउसले सबै प्रक्रियाहरु पुरा गरेर प्रतियोगिता आयोजना गरेको जानकारी दिएको छ । हाउसले केहि समय अगाडी दाङमा समेत कार्यक्रम आयोजना गरेको थियो ।
पत्रकार सम्मेलन कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर रानामगरले प्रतियोगितालाई प्रभावकारी ढंगले सञ्चालन गर्न आग्रह गरे । मेहनत गरेर प्युठान जिल्लामा राम्रा डान्सरहरु उत्पादन गर्न समेत उनले शुभकामना व्यक्त गरे ।
पुरुस्कारको समेत व्यवस्था
डान्स प्रतियोगितामा उत्कृष्ट मध्ये प्रथमलाई नगद रु ६० हजार र दुई वटा गितमा नाच्न पाउने अवसर, दृतियलाई नगद रु ३० हजार र एक वटा गितमा नाच्न पाउने अवसर र तृतिय हुनेलाई नगद रु १५ हजार र अन्य गिफ्टहरु प्रदान गरिने मिडिया हाउसका सञ्चालक पन्थीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !