शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठान प्रहरीले दुई सय ३५ लिटर मदिरा नष्ट गर्यो


सागर रिजाल
प्युठान, १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय प्युठानले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको रोहबरमा विहिवार प्रहरीले बरामद गरेको दुई सय ३५ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभएको छ ।

समुदाय प्रहरी साझेदारी अबधारणा कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्यूठानले बिभिन्न वडा एरियामा लुकाई छिपाई राखेको अवैध घरेलु मदिरा बरामद गरी बिहिवार नष्ट गरेको उहाँले बताउनुभयो ।

जिल्लाको प्युठान नगरपालिकाको क्वाडी र मल्लारानि गाउँपालिका अन्र्तगत कसेरी भन्ने ठाउँवाट उक्त घरेलु मदिरा मरामदगरी नष्ट गरिएको प्रहरीको भनाई छ । गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण चाडपर्वमा हिंसात्मक घटना हुनसक्ने भएकोले यो कार्य सञ्चालन गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको उनको भनाई छ । अवैध मदिराका कारण घरेलु हिंसाका घट्नाहरु बढ्ने भन्दै प्रहरीले जिल्लामा अवैध घरेलु मदिरा नियन्त्रणमा चासो दिएको छ । समाजमा घरेलु हिंसा नियन्त्रण गर्नेका लागि प्रहरी मदिरा नियन्त्रणमा जोड दिएको जनाईएको छ । अन्यलाई मदिराका रुपमा प्रयोग गरिएको भन्दै प्रहरी नष्ट गर्दै आएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top