शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पतन्जली प्यूठानले बनायो योगहल


प्यार अलि खाँन, प्युठान,१ कार्तिक ।
पतन्जली योग जिल्ला समिति प्यूठानले सुविधा सम्पन्न योग हलको निर्माण सम्पन्न गरेको छ । जिल्लाकै महत्वपूर्ण व्यापारिक केन्द्र बाग्दुलामा योगहल बनेको हो । करिब ३६ लाखको लागतमा योग हल भवनको निर्माण कार्य सम्पन्न भएको पतन्जली योग जिल्ला समिति प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिए ।
सिद्धेश्वर महादेव गुठीको प्रांगण भित्र पतन्जली योग समिति प्यूठानले ३० वर्ष सम्मको लागि उक्त जग्गा लिजमा लिई पक्की भवन बनाएको हो । योगहल निर्माणमा प्यूठान नगरपालिकाको २० लाख, पतन्जली योग समितिको १३ लाख र संसद विकास कोष अन्तर्गत संविधानसभा सदस्य हिराबहादुर केसीले ३ लाख रुपैयाँ यस अघि नै दिएको अध्यक्ष कक्षपतिले बताए ।


“नगरपालिका र हामीले ६०÷४० बजेट साझेदारीका आधारमा भवन निर्माण गरेका हौँ ।” अध्यक्ष कक्षपतिले भने, “योगहल भवन बहुउद्धेश्यीय हुनेछ ।” सामाजिक सरोकारका हरेक कार्यक्रमहरुमा योगहल प्रयोग हुन सक्ने कक्षपतिले बताए । “सकारात्मक मनोवैज्ञानिक तथा शारिरिक शिक्षा तथा अभ्यास हाम्रो मुख्य प्राथमिकता हो ।”अध्यक्ष कक्षपतिले भने, “हाम्रो तन र मन दुबै स्वस्थ रहन जरुरी छ ।” रोग लागेर औषधीमुलो गर्नु भन्दा पहिले नै रोग लाग्न नदिने कुरामा सबै सचेत हुनुपर्नेमा कक्षपतिले जोड दिए । नागरिकको स्वस्थ स्वास्थ्यका लागि योग अपरिहार्य रहेको र स्थानीय सरकार पनि बढी जिम्मवार हुनुपर्ने कक्षपति बताउँछन् ।
जिल्लामा पतन्जली योगको सुरुवात स्वर्गीय गणपति खनालले गरेको समितिका महामन्त्री ओमभक्त पण्डितले बताए । भवन निर्माणका लागि आवस्यक सहयोग गर्ने भनी पतन्जली योग समिती नेपालले बचन दिएता पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको महामन्त्री पण्डितले गुनासो गरे । “बाटो जाने ठाँउमा ५० प्रतिशत बजेट दिने भनियो, तर अहिलेसम्म एक रुपैयाँ पनि आएन ।” पण्डितले भने, “पतन्जलीको आफ्नो केही स्रोत हुदैन कसरी ऋण तिर्ने?” पतन्जली प्यूठानले जिल्लाका भिंगृ, खलंगा, बिजुवार, टिकुरी, सारिबाङ्ग, बाग्दुला, खप्परेङखोला, मरण्ठाना, मच्छी र रोल्पाको खुङग्रीमा योग अभ्यास तथा शिक्षाको लागि सहजीकरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top