मङ्लबार, साउन ५, २०८३ | Tuesday 21st July 2026

ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम सुरु


सागर रिजाल
प्युठान, २७ असोज ।
सामाजिक एकता, दिगो विकासमा सबैको प्रतिवद्धता भन्ने नारालाई सार्थक पार्नका लागि जिल्ला स्तरीय ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आचार्यले खेलकुद क्षेत्र विकासको मेरुदण्ड भएको बताए । खेलमा खेलाडीहरु अनुशासीत भएर खेल्ने हो भने खेलक्षेत्रमा जिल्लाले फड्को मार्नेमा उनले जोड दिए । शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता महत्वपूर्ण क्षेत्रमा सबैको चासोँ दिई अगाडी वढनुपर्ने उनले बताए । नेपाल सरकारले लिएका लक्ष्य अनुसार अगाडी वढ्न उनले खेलाडीहरु आग्रह गरे । उनले भने,–‘जिल्लामा समन्वयको पाटो जिससले सदैव गर्नेछ । ’ जिससको काम नै विकास निर्माणको अनुगमन र स्थानिय तहको कामको रेखदेख गर्ने रहेकाले खेल क्षेत्रको पनि विकासमा स्थानिय तहसंग समन्वय गरिने उनले बताए ।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका आचार्यले आयोजक संस्थाले खेल क्षेत्रको विकासका लागि कपको आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गरे । त्यस्तै ऐरावती गाउँपालिका ५ नंम्बर वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । गाउँपालिकाले यस कार्यक्रमलाई केहि आन्तरिक समस्याले गर्दा आर्थिक सहयोग गर्न नपाएको बताए । उनले भने,–‘आगामी कार्यक्रममा पालिकाले सहयोग गर्नेछ । ’
ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा असोज २७ गते आईतबारदेखी ऐरावती कप तथा सांस्कृतिक सञ्चालन भएको हो । जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पदम थापाले बताए । उनले भने,–‘खेल क्षेत्रलाई मर्यादित एवं व्यवसायीक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनका लागि यो कपले सहयोग पु¥याउने छ ।’ खेलाडीहरु जिल्लाबाट उत्पादनगरिे खेल जगतमा सहयोग पु¥याउने उदेश्य समेत आयोजकले लिएको छ ।
नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापाले बताए । उनले यो कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।
कपमा विभिन्न खेलहरु
असोस २७ गते देखी कात्तिक २ गते सम्म चल्ने जिल्ला स्तरीय ऐरावती कपमा पुरुष किक्रेट प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, महिला कुर्सि दौड प्रतियोगिता, स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक मधुसुदन थापाले जानकारी दिए ।
उत्कृष्ट्रलाई पुरुस्कार पनि
कपमा उत्कृष्ट हुने समुहलाई क्लबले पुरुस्कारको समेत व्यवस्था गरेको छ । पुरुष भलिवल प्रतियोगिताका विजेताले ५५ हजार पाँच सय ५५ नगद पुरुस्कार र ट्रफि ,मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । भने उपविजेताले ३३ हजार तीन सय ३३ ट्रफि मेडल प्रमाणपत्र पाउने छ । महिला भलिवल प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ११ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।


पुरुष क्रिकेट प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन । पुरुष ब्याडमिन्टन प्रतियोगितामा विजेता भएकाले ९ हजार ९ सय ९९ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले पाँच हजार पाँच सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । स्लो वाईक प्रतियोगिताका विजेताले तीन हजार तीन सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले दुई हजार दुई सय २२ रुपिँया , ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । र महिला कुर्ची दौड प्रतियोगिताका विजेताले दुई हजार दुई सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले १ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष पदम थापाले जानकारी दिए ।
एक हप्तासम्म चल्ने कपमा जिल्लाका विभिन्न स्थानबाट १७ समुह, महिला भलिबल दुई समुह, पुरुष भलिबल पाँच समुह, ब्याटमिन्टनका लागि दुई समुह, स्लो बाईक रेस प्रतियोगिताका लागि चार समुह र महिला कुर्ची दौड प्रतियोगितामा एक समुहको सहभागीता रहनेछ ।
सांस्कृतिक कार्यक्रम पनि
संस्थाले कार्तिक २ गते सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा कामना ओली, पशुपति शर्मा, सम्झना लामिछाने, करिष्मा ढकाल, कमल नारायणी, भटभटे माइला, शिर्जना जिसी, मुना केसी, विजय पुन, समीक्षा ओली लगायतका कालाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपक खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top