
सागर रिजाल
प्युठान,२५ असोज ।
भिग्रीमा दोस्रो स्वर्गद्धारी नगरकप शुरु भएको छ । नगरकपको आज स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले उद्घाटन गरेका हुन् । कपको उद्घाटन गर्दै उनले खेलाडीहरु देशका संवाहक भएको बताए । उनले अनुशासीत ढंगले खेलाडीलाई खेल्न आग्रह गरे । अनुशासीत खेलाडीले आफुलाई मात्र नभई राष्टलाई समेत परिवर्तन गर्न सक्ने उनले बताए । नगरकप खेलका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले धेरै स्रोत, साधन र बजेटको विनियोजन गर्न नसकेपनि आगामी खेलहरुमा प्रयाप्त बजेट विनियोजन गरिने प्रतिवद्धता नगरप्रमुख रोका क्षेत्रीले जनाए ।
नगर खेलकुद समन्वय समिति स्वर्गद्धारी नगरपालिकाको आयोजना तथा स्वर्गद्धारी नगरपालिकाको सहयोगमा नगरकप सञ्चालन गरिएको हो । समितिका संयोजक नृपेन्द्र रोकायको अध्यक्षतामा भएको प्रतियोगिता कार्यक्रममा नगरप्रमुख, नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो । नगरकपमा भलिबल र किक्रेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । भलिबलमा १२ र किक्रेट खेलमा ९ समुहको सहभागी रहेको आयोजकले जनाएको छ । भलिबल खेललाई ४ र किक्रेट समुहलाई २ समुहमा विभाजन गरि पुल सिष्टमबाट खेल खेलाईएको आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस !