
सागर रिजाल
प्युठान,११ असोज ।
५ नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विरोधको राजनीतिले समाज परिवर्तन हुन नसक्ने बताएका छन् । शनिवार शहिद उमेश स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले समाज अगाडी वढने दिशामा हुदाहुदैँ विपक्षीले पछाडी फर्काउन खोज्नु पानीको फोका जस्तो हुने बताए । देश समृद्धको यात्रामा अगाडी वढीरहेका बेला संघीयता काम लाग्दैन भनि सरकारको विरोध गर्नु भनेको समाज परिवर्तन हुन रोक्नु भएको उनले बताए । अढाई सय वर्ष पहिले देखी मान्दै आएको संघीयतालाई नयाँ संविधान बनेपछि यसको काम लाग्दैन भन्नु गलत रहेको उनले बताए । संघीयताले खर्च वढ्यो भन्ने विपक्षीको माग छ तर देशमा तीन तहको सरकार छ भन्ने पनि थाहाँ पाउनुपर्ने उनले बताए । संघीयताले अर्थतन्त्रको प्रशासनीक खर्च वढाए पनि जनताको खर्च घटाएको उनले बताए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री पोख्रेलले संविधान निर्माण पछि राजनीतिक रुपमा जनताले सबै प्रकारका अधिकारहरु प्राप्त गर्ने चरण अगी वढेको बताए । संविधानमा उल्लेखीत कुराहरुलाई पुरा गर्नका लागि राज्य बलियो हुनुपर्छ, उनले भने,–‘राज्य बलियो भने जनताका ईच्छा आंकक्षाहरु पुरा गर्न सकिन्छ । ’ नेकपाको सरकारले देशमा उल्लेखनीय कार्यहरु गर्दै अगाडी वढीरहेको बेला विपक्षीले केहि पनि गरेन भन्नु राजनीतिक रुपमा गरिएको आरोप भएको बताए ।
साथै उनले . जनआन्दोलनका प्रथम शहिद उमेश चन्द थापाले देखेका सपनाहरु शाकार पार्नका लागि समाजलाई परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । उनले भने,–‘विकासको गतिमा देश अगाडी वढ्यो अब पछाडी फर्कदैन् । ’
रेल मार्ग, पानी जहाज प्रक्रियामा
देशलाई आर्थिक विकासको दिशामा अगाडी वढाउन साना साना योजनाका काम भन्दा धक्का दिने खालका ठूला योजनाको काम राज्यले गर्नुपर्ने मुख्यमन्त्री पोख्रलले बताए । सोही अनुरुप सरकारले पूर्व– पश्चिम रेल मार्ग अगाडी वढाएको उनले बताए । त्यस्तै राष्ट्र बैंकको सहकार्यमा नारायणी–त्रिवेणी जोड्ने पानीजहाज काम समेत अगाडी वढेको उनले बताए । विभिन्न ठाउँमा विमानस्थलहरु निर्माण, चार वटा राजमार्ग निर्माण गरेको उनले बताए ।

प्रदेश सरकार अग्रपङतीमा
प्रदेश सरकार स्थापना भएको डेढ वर्ष वित्दा अरु प्रदेश भन्दा ५ नंमबर प्रदेशले उत्कृष्ट काम गरेको उनले बताए । सरकारले आधारभूत फाउण्डेस तयार , विभिन्न कानुनहरु निर्माण, बजेट परिचालन र विकासको काममा अरु प्रदेश भन्दा हाम्रो प्रदेश अगाडी रहेको उनले बताए ।
कर्मचारी समायोजन, वित्तिय संघियता कार्यान्वयन, कानुन निर्माण र अधिकार बाडफाँडले गर्दा कामको दौडानमा केहि असर पु¥याएपनि प्रदेश सरकारले यस्ता समस्याहरु सुल्झाउदै अगाडी वढेको उनले बताए ।
०६२÷०६३ को जनआन्दोलनमा ०६२ साल माघ २६ गते तत्कालिन नेकपा एमालेका ऐरावतीबासी उमेशचन्द थापाको दाङको घोराहीमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर निधन भएको थियो । शहिद उमेशचन्द्र थापको सम्झनामा दाङको घोराहीमा शहिद गेट निर्माण गरिएको छ भने प्युठानमा प्रतिष्ठान भवन निर्माण गरिएको छ । भवनका लागि तत्कालिन नेकपा एमाले केन्द्रिय कार्यालयबाट रु दुई लाख, जिल्ला कार्यालयबाट रु एक लाख बाहृ हजार रुपिँया, संविधान सभाका माननीय बाट यस भवनका लागि रु ४५ लाख, र हाँल माननीय दुर्गा पौडेल, , कृष्णध्वज खड्का र हरि रिजाल, तारा जिसी भएपछि रु ५० लाख विनीयोजन गरि यो भवन निर्माण गरिएको हो ।भवन निर्माणका लागि जम्मा ९८ लाख १२ हजार रुपिँया खर्च भएको प्रतिष्ठानका सदस्य नेहरसिंह केसीले जानकारी दिए । कार्यक्रममा प्रतिष्ठान निर्माणका लागि जग्गा प्रदान गर्ने विजुवारका लक्ष्मीप्रकाश राजभण्डारी, राजकुमार कक्षपति, केशव सुनारलाई सम्मान समेत गरिएको थियो ।
प्रतिष्ठानका का.वा. अध्यक्ष सुरेशचन्द्र थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्यहरु, ५ नंम्बर प्रदेश सदस्यहरु, जिल्ला समन्वय उपप्रमुख, स्थानिय तहका प्रमुख तथा प्रतिनीधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । मुख्यमन्त्री पोख्रेलले नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) को कार्यालयको उद्घाटन समेत गरेका छन् । साथै उनले शनिवार दिउसो नेपाल कम्युनिष्ट्र पार्टीको जिल्ला कमिटीको बैठकलाई समेत सम्बोधन समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस !