शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

विश्व पर्यटन दिवसको अवसरमा धार्मिकस्थल स्वर्गद्धारीमा सरसफाई


सागर रिजाल
प्युठान, १० असोज ।
विश्व पर्यटन दिवस प्युठानमा पनि मनाईएको छ । धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी मन्दिर परिसरमा बृहत सरसफाई गरि पर्यटन दिवस मनाईएको हो । नेपाल यूवा परिषदको आयोजनामा स्वर्गद्धारी मन्दिर संगै धरमपानी सिडीसम्म सरसफाई गरिएको हो । युवा परिषदका अभियन्ता आरती गिरीको अध्यक्षता, नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा बाल संस्कृत मावि धरमपानीमा अध्ययनरत विद्यार्थी, शिक्षक, जनप्रतिनीधि, स्थानिय व्यपारी, ईन्द्रध्वजगण स्वर्गद्धारीका प्रतिनीधि, स्वर्गद्धारी व्यवस्थापन समितिका अध्यक्ष तामप्रसाद न्यौपाने, नगर बालसंञ्जाल अध्यक्ष लगाएतको उपस्थितीमा सरसफाई कार्यक्रम गरिएको स्वर्गद्धारी नगरपालिका नगरप्रमुखका स्वकीय सचिव रमेश पोख्रेलले जानकारी दिए ।


जिल्लामा धेरै पर्यटकीय तिर्थस्थल भएपनि देश तथा विदेशमा परिचीत भएकाले स्वर्गद्धारी परिसरमा सरसफाई कार्यक्रम राखीएको अभियन्ता आरती गिरीले बताईन् । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख भन्दा वढी पर्यटकहरु भित्र्याउने उदेश्यले भिजिट नेपाल २०२० भन्ने अभियान लिएको छ सो अभियानलाई सार्थकता पु¥याउन नेपाल यूवा परिषदले धार्मिक तथा पर्यटकीय तबरले महत्वपूर्ण स्थल रहेका ७७ ओटै जिल्लामा यो अभियान सञ्चालन गरेको छ सोही अनुसार प्युठानको स्वर्गद्धारीमा पनि गरिएकोे अभियन्ता गिरीले बताईन् । स्वर्गद्धारी कै नामबाट प्युठान जिल्ला चिनिन्छ यहाँ दैनिक धेरै पर्यटक तथा तिर्थालुहरु स्वर्गद्धारी महाप्रभुको दर्शन गर्न आउनुहुन्छ ,उनले भनिन,–‘स्वच्छ र सफा स्वर्गद्धारी बनाउन सरसफाई गरेका हौँ । ’ यो अभियानलाई स्वर्गद्धारी नगरपालिका, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र, साईन रेसुङ्गा डेभ्लपमेन्ट बैंक भिग्री शाखा, फुलबारी एकिकृत ग्रामिण विकास संस्था खैरा लगाएतका संस्थाले सहयोग गरेका छन् ।


सरसफाई कार्यक्रममा नगरप्रमुख रोकायले नेपाल युवा परिषद्ले नगरक्षेत्र भित्र रहेको स्वर्गद्धारी आश्रम देखी धरमपानी गेट सम्म सरसफाई अभियान सञ्चालन गरेकोमा र नगरलाई पनि समन्वय गर्न दिएकोमा धन्यवाद व्यक्त गरे । यूवाहरुले यो क्षेत्रमा संस्कार सिकाउनका लागि गरेको सरसफाई अभियानले सार्थकता पाउने उनले बताए । उनले भने,–‘यस्ता कार्यक्रमहरु स्वर्गद्धारीमा हुँदा यहाँका स्थानियलाई सिक्ने वातावरण सिर्जना हुन्छ ।’ नगरप्रमुख रोकायले यूवा लक्षित कार्यक्रमलाई नगरपालिकाले सदैव साथ दिएर अगाडी वढने बताए । साथै उनले यस क्षेत्रमा सरसफाईका कार्यक्रमहरुलाई नगरपालिकाले निरन्तरता समेत दिने बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top