शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

संविधान दिवसमा ‘रक्तदान’


४ असोज
प्यूठान । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला अस्पताल प्यूठानमा रक्तदान गरिएको छ ।
शनिवार जिल्ला अस्पतालको प्राङगणमा भएको रक्तदान कार्यक्रममा ९ जनाले रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै रक्तदान गर्नेहरुमा इन्द्रध्वज गण प्यूठानमा कार्यरत नेपाली सेनाका राजाराम सिंजाली मगर, एगराज कटुवाल, धुब्र पुन मगर, चित्र गाहा मगर र रुपकरमण खतिवडा रहेका छन् । त्यस्तै स्वास्थ्य कार्यालयका नवराज उपाध्याय, इलाका प्रशासनका दिनेश ज्ञावाली, प्यूठान न.पा. विजुवारका द्धारिका प्रधान र प्यूठान न.पा. ७ का सुरेश योगीले रक्तदान गरेका छन् ।
स्वास्थ्य कार्यालय प्यूठान, प्यूठान अस्पताल र नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा प्यूठानको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान गरिएको जिल्ला स्तरीय मुल समारोह समिति प्यूठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top