शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

“समुदाय प्रहरी साझेदारी अभियान” गाउँ गाउँमा पुगरे जनताको गुनासो सुन्दै प्रहरी प्रशासन


३१ भाद्र । राधिका भुसाल
प्यूठान । प्यूठानमा प्रहरी प्रशासन जनगुनासो सुन्न गाउँ गाउँमा पुगेको छ । “सामुदाय प्रहरी साझेदारी अभियान” लिएर प्रहरी प्रशासन जनताको घरदैलोमा पुगेको हो ।
सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय नागरिक भएको बताउदै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि प्रहरी जनतामाझ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी जनताको घरदैलोमा सन्देशमुलक जनचेतनामुलक जागरण अभियानका साथ प्युठान प्रहरी नागरिकको घरदैलोमा पुगिरहेको हो । सरुमारानी गाउँपालिका–४ को समुदाय प्रहरी वडा समितीद्धारा मंगलबार बडडाडामा अन्तरक्रीया कार्यक्रमको आयोजना गरिएको छ ।
जनता माबी बड्डडाडामा प्रहरी जनप्रतिनिधि र सर्वसाधारणहरु सहभागी कार्यक्रममा प्रहरी र नागरिकको सम्बन्धका बारेमा एकापस बीच जानकारी लिनेदिने काम भएको थियो। प्रत्येक जनताको घरदैलोमा प्रहरी कर्मचारी पुगी सुरक्षा सरोकारका बिषयमा जनतालाई सुसूचित गराउन तथा बस्तुगत परिस्थतीको जानकारी लिने पद्धतिमा सहज बातावरणको बिकास गर्न र नागरिकमैत्री प्रहरीको रुपमा छबि बिस्तार तथा सुधार गर्ने उद्देश्यका साथ अन्तरक्रीया गरिएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले बताउनुभयो ।
अन्तरक्रीयामा प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त, प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्की, राष्ट्रीय अनुसन्धान बिभागका डिएसपी हेमन्त कार्कीको विशेष उपस्थिती रहेको थियो । त्यस्तै उक्त अन्तरक्रीयामा सरुमारानी गाउपालिका उपाध्यक्ष मिना सोमै,वडा नम्बर ४ का वडाद्यक्ष चिन्त बहादुर सोमै सहित स्थानिय र बिध्यार्थीको बाक्लो उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top