शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

दाखाक्वाडी खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा धामी


सागर रिजाल
प्युठान,३१ भदौँ ।
दाखाक्वाडी खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा किसान धामी चयन भएका छन् । आयोजनाको छैठौँ अधिवेशनबाट अध्यक्ष सहित नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा भोजबहादुर योगी, सचिवमा मिनराज पौडेल, कोषाध्यक्षमा कमला योगी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जगत धामी, केशव धामी लगायत रहेका छन् ।
आयोजना मार्फत यस क्षेत्रका बासिन्दाहरुले न्युनतम मासिक ५० रुपिँया तिरेर २४ सैँ घण्टा खानेपानी प्रयोग गर्दै आएका छन् । प्युठान नगरपालिका वडा नंम्बर १ र २ (साविकको दाखाक्वाडी गाविसका २,३ र ४ वडा) का बासिन्दाहरुलाई यो योजनाले समेटेको छ ।
दाखाक्वाडी खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजना मार्फत यस क्षेत्रमा खानेपानी ल्याईएको उपभोक्ता समितीका नवनिर्वाचित अध्यक्ष किसान धामीले बताए । १२ किलोमिटर दुरीमा पर्ने ढुंगेठाटीको मुल संरक्षण गरि यस क्षेत्रमा खानेपानी ल्याएको उनले बताए । आयोजनाले हाँलसम्म तीन लाख ४८ हजार भन्दा वढी रकम बचत समेत गरेको उनले बताए । सामुयीक धाराबाट खानेपानी उपभोग गर्दै आएका यस क्षेत्रका स्थानियलाई मिटर राखी घरघरमा धारा पु¥याउने योजना भएको अध्यक्ष धामीले बताए । उनले भने,–‘स्थानिय सरकारले आर्थिक सहयोग गरेमा हामी घरघरमा धारा पु¥याउने योजनामा छौँ ।’
त्यस्तै नवनिर्वाचित सचिव मिनराज पौडेलले खानेपानी मनव जीवनका लागि अतिआवश्यक रहेको बताए । पछिल्लो समय खानेपानीका मुलहरु सुक्दै गएका छन्,उनले भने,–‘बैकल्पीक मुलको समेत व्यवस्था गरिनुपर्दछ । ’

तीन सय ३० घर लाभान्वीत
आयोजना मार्फत यस क्षेत्रका तीन सय ३० घर परिवार लाभान्वीत भएका छन् । १७ वर्ष पहिले देखी उक्त मुलबाट खानेपानी ल्याईरहेको अध्यक्ष धामीले बताए । जिल्लाका अरु स्थानीय तहमा खानेपानी पुर्याउनका लागी धेरै बजेट विनीयोजन भएको छ, लिफ्ट मार्फत खानेपानी पुर्याएको ठाउँमा समेत २÷३ घण्टा खानेपानी आउँछ, उनला भने,–‘हामीले करिब १५ लाख लागतमा १७ वर्ष अगिदेखी खानेपानी खादैँ आएका छौँ । ’
यस क्षेत्रमा खानेपानीको सहज पहुँचका लागि २६ वटा धारा निर्माण गरिएको छ । सबै जनतालाई पायक पर्ने गरि धारा निमार्ण गरिएको अध्यक्ष धामी बताउछन् ।


समितिको सक्रियतामा नियमित खानेपानी
खानेपानी उपभोक्ता समितिका अध्यक्षको सक्रियतामा नियमीत खानेपानी आएको स्थानिय खगेश्वर पौडेलले बताए । अरु स्थानिय तहले घरघरमा धारा बनाएका छन्, तीन घण्टा भन्दा वढी खानेपानी आउदैनन्, उनला भने,–‘हाम्रो क्षेत्रमा नियमित खानेपानी आउँछ ।’ समिति सक्रिय हुँदा खानेपानीलाई सहजता भएको उनले बताए । घर घरमा धारा हुने हो भने अझ सहज हुने उनले बताए ।
अशक्तलाई छुट
आयोजनाले खानेपानी प्रयोग गर्ने तर आर्थिक अवस्था कमजोर, अंपाग, अशक्तलाई पानीको पैसा तिर्न छुट दिएको छ । यस क्षेत्रका ३० घरपरिवारलाई पैसामा छुट गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top