शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

दुर्गम क्षेत्रमा बैंकिङ पहुँच हुनुपर्ने


सागर रिजाल
प्युठान,३० भदौँ ।
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बैंकिङ पहुँच दुर्गम क्षेत्रमा पनि पुग्नुपर्ने बताएका छन् । सोमबार हरप्लेस, एफ.एच.आई घटण् तथा गैर सरकारी संस्था प्युठानको आयोजनामा भएको वित्तिय संस्थाहरुको आन्तरिक सुशासन विषयक अन्र्तक्रिया कार्यक्रममा नगरप्रमुख कक्षपतिले गाउँस्तरसम्म बंैैकको पहुँच हुनुपर्ने बताए । नगरक्षेत्रमा रहेका १० वटा बैंक शाखाबाट वित्तिय साक्षरता सम्बन्धी अभियान संगै जनस्तरसम्म पहुँच बृद्धि गर्नुपर्नेमा उनले जोड दिए । प्युठान नगरपालिकाले वडा नंम्बर ५ मा साईन रेसुङ्गा डेभलप्मेन्ट विकास बैंक संग र वडा नंम्बर ६ मा नेपाल बैंक संग समन्वय गरि सामाजिक सुरक्षा भत्ता वाडेको बताए । उनले भने,–‘नगरका १० वटै वडामा सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिने योजना बनाएका छौँ । ’
गाउँठाउँमा व्यक्तिहरुमा बैंकिङ्ग पहुँच नपुग्दा पैसा बाकसमा राखेको देखिएको छ, नगर प्रमुख कक्षपतिले भने,–‘जनस्तरमा बैंकिङ्ग पहुँच बृद्धि गर्न नागरिक समाजले पनि भूमिका खेल्न जरुरी छ । ’
अन्र्तक्रियामा अवधारणा पत्र प्रस्तुत गर्दै गैर सरकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले बैंक तथा बित्तिय क्षेत्रबाट नागरिकले अपेक्षा गरेका कार्यहरुका बारेमा जानकारी गराएका थिए । उनले विपन्न वर्गको लागि गर्नुपर्ने लगानीमा प्युठानमा पनि बिपन्न कर्जाको सुनिश्चितता गर्नुपर्ने, नागरिक सेवा सुविधा र सुचनामा सहज पहुचको वाताबरण सृजना हुनुपर्ने, बैंक तथा वित्तिय क्षेत्रहरुले गरेको प्रगतिका बारेमा नागरिकलाई जानकारी गराउनुपर्ने, बैंकहरुले वार्षिकरुपमा गरेको आम्दानीले यस जिल्लामा पनि सामाजिक कार्यहरु गनुपर्ने , जिल्लाको विकास तथा औद्योगिक पर्यटन तथा उर्जाको विकासमा पनि बैंक तथा वित्तिय संस्थाहरुले विषेश योगदान गर्नुपर्ने लगाएतका विषयमा जानकारी गराएका थिए ।
प्युठान नगरप्रमुख अर्जुनकुमार कक्षपति, हरप्लेस कार्यक्रम संयोजक टेक राना , प्युठान नगरक्षेत्र भित्रका १० वटा बैंक तथा वित्तिय संस्थाका प्रमुख, नागरिक समाजका प्रतिनीधि, संघसंस्थाका प्रतिनीधि लगायतको उपस्थितीमा भएको कार्यक्रममा उपस्थित नागरिकहरुले ऋण लिनलाई अफ्ठेरो, सरकारी बैंकको कामकाजमा ढिलाई, वित्तिय शशक्तिकरणका अभियानहरु सञ्चालन, विपन्न वर्गका स्थानियहरुलाई सहायता हुने गरि सामाजिक काम गर्नका लागि आग्रह गरेका थिए ।
बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुले बैंक क्षेत्रमा केहि गल्ती कमजोरीहरु भए सुधार्दै जाने बताएका थिए । साईन रेसुङ्गा डेभलप्मेन्ट बैंक विजुवार शाखा प्रमुख मेघराज पोख्रेलले बैंकबाट भएको आम्दानीको १ प्रतिशत सामाजिक क्षेत्रमा काम गरेको बताए । उनले भने,–‘केहि समय पहिले बाहानेमा आँखा शिविर सञ्चालन गरेका थियौँ । ’ उनले बैंकले सामाजिक क्षेत्रमा काम गर्दै जाने बताए । त्यस्तै अरु बैंक शाखा प्रमुखहरुले पनि आगामी दिनमा सामाजिक क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top